• १३ साउन २०८१, आइतबार

शिक्षाको विकास पहिलो प्राथमिकता : मन्त्री थारु

blog

लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा योजनामन्त्री ईन्द्रजीत थारु ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, फागुन ६ गते । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा योजनामन्त्री ईन्द्रजीत थारुले शिक्षा क्षेत्रको बिकासबिना अन्य क्षेत्रको बिकास असम्भव रहेको बताउनुभएको छ । रुपन्देहीको सियारीस्थित लीलाधर घिमिरे छपिया जनता कलेजको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणालीलाई विकास गर्दै जानु पर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री चौधरीले नेपालमा अहिलेसम्म पनि दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै राज्यको तर्फबाट शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएर जानुपर्ने अवस्था खड्किएको बताउनुभयो । 

मानव संसाधनको विकासले मात्रै समाजको विकास प्रक्रियाले सही दिशा आत्मसाथ गर्ने मन्त्री थारुको भनाइ छ । उहाँले ज्ञान र व्यवहारलाई एकसाथ अगाडि बढाउनु पर्ने बताउँदै संविधानअनुसार प्राथमिकतामा परेको शिक्षालाई बजेटमा पनि प्राथमिकतामा पारेर लैजानुपर्नेमा जोड दिनुभयो । 

मन्त्री थारुले शिक्षालाई व्यवस्थित गर्न नसक्दासम्म आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने उल्लेख गर्दै शिक्षा क्षेत्रको विकाससँगै भौतिक पूर्वाधारको विकास बढाउनु पर्ने बताउनुभयो । 

सो अवसरमा लुम्बिनी प्रदेशका पुर्व शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री तथा प्रदेश सांसद वसिउद्दिन खाँले रुपन्देहीको शिक्षा क्षेत्रको समग्र विकासका लागि आफु निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सांसद हेमा बेल्वासेले सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक र सीपमुलक ज्ञानलाई एकसाथ अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।