गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १ गते। ट्राफिक नियम मिच्दा हुने गरेको जरिवाना बढी भएको भन्दै सवारी चालकले विरोध जनाएका छन्। काठमाडौंको माछापोखरी, नयाँ बसपार्क बाइपास क्षेत्रमा सवारी चालकले गाडी नै सडकको बीचमा रोकेर विरोध जनाएका हुन्।
ट्राफिक नियम मिच्दा हुने जरिवाना बढी भएको भन्दै सवारी चालकले विरोध जनाएको नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो। नयाँ व्यवस्था अनुसार ट्राफिक नियम मिच्दा पाँच सयदेखि १५ सय रुपियाँसम्म जरिवाना गर्दै आएको छ।