• १३ वैशाख २०८१, बिहिबार

विकास निर्माणमा सबै दलको सहकार्य जरुरी : मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । फाइल तस्बिर

दाङ, फागुन १ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताउनुभएको छ । नारायणपुर उद्योग वाणिज्य सङ्घ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले विकास निर्माण कुनै दल विशेषको नहुने भन्दै त्यसका लागि स्थानीय तहसँगको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

गृह जिल्ला दाङ आउनुभएकी मन्त्री शर्माको स्वागत तथा सम्मानका लागि आज बिहान कार्यक्रम आयोजना गरिएको थियो । विकास निर्माणको नेतृत्व आफूले गर्ने भन्दै त्यसका लागि आम जनतालाई सहयोग गर्न आग्रह गर्नुभयो ।

लामो समयदेखि घोराही–तुलसीपुर निर्माणाधीन चार लेन सडक अलपत्र रहेको भन्दै त्यसलाई अगाडि बढाउन अर्थमन्त्रीसँग छलफल भएको जानकारी दिनुभयो । आठ पटकसम्म ठेकेदार परिवर्तन हुँदा पनि सडक निर्माणले गति नलिएको भन्दै उहाँले सरकारले बजेट सुनिश्चित गरी ठेक्का सम्झौता तोड्ने तयारी गरेको उल्लेख गर्नुभयो ।

सञ्चार मन्त्रालय देशको राष्ट्रियतासँग जोडिने मन्त्रालय भए पनि आफ्नो मन्त्रालयलाई नागरिकसँग कसरी जोड्न सकिन्छ भनेर ध्यान दिएको उहाँको भनाइ छ ।