हरिकृष्ण ऐडी
मुगु, वैशाख १६ गते । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारामा वैशाख ३० देखि ‘छैठौँ रारा ट्रेल रन’ हुने भएको छ ।
प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न र रारा तालको पर्यटन प्रवर्धन र प्रचार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।
नेपाली सेना हनुमानध्वज गुल्म रारा हुटुको सहजीकरणमा र पिएलओ, एलिभेट इनर्जी, छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउँपालिका र कार्की एग्रोफार्मको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा सहभागी हुने खेलाडीले वैशाख १० गतेदेखि ३० गतेको बिहानसम्म नाम दर्ता गराइ सक्नुपर्ने हनुमानध्वज गल्म राराका गुल्मपति खड्कबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलालाई ५० हजार रुपियाँ, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपियाँ प्राप्त गर्ने छन् । ट्रेल रन १६ किलोमिटर ताल वरिपरि दौड गर्नुपर्ने बताइएको छ ।