राष्ट्रियतामाथि चौतर्फी आक्रमण भइरहेको छ : मन्त्री लिङ्देन
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताउनुभएको छ।
राष्ट्रपति सम्बोधनका ५६ बुँदा : २१ सवाल
शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधनलाई अन्तिम मानिएको छ।
राज्य संरचनामा नयाँ प्रविधिलाई बुझ्ने मान्छे हुनुपर्छ: अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँ नयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताउनुभएको छ।
देशमा भ्रष्टाचारीको कमी छैन : पूर्व प्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीको कमी नभएको बताउनुभएको छ।
माओवादी पार्टीको भविष्य उज्ज्वल छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्ज्वल भएको बताउनुभएको छ ।
पुरानै गठबन्धन कायम हुनसक्छ: नेता सिंह
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकको राजनीतिक स्थायित्वका लागि पुरानो राजनीतिक गठबन्धन कायम हुने सङ्केत गर्नुभएको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक: राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन, श्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवम् भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताउनुभएको छ ।
विवेकशीलको महाधिवेशन
विवेकशील साझा पार्टी नयाँ शिराबाट अघि बढाउन महाधिवेशनमा होमिएको छ। विवेकशील साझाको पहिलो महाधिवेश सोमबारबाट काठमाडौँमा सुरु भएको छ। कार्यक्रमलाई शुभकामना दिँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिमालको फेदमा बस्नेहरू आर्थिक तथा सामाजिक रूपमा पछि पर्नु दुर्भाग्य रहेको बताउनुभयो।
पार्टीको नाम र चिह्न फेर्न सुझाव माग
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ । कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो । माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सङ्गठन विभागले प्रस्ताव गरेपछि सुझाव माग गरिएको माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
पहिलो महिनाको पारिश्रमिक विद्यालयको अक्षयकोषका लागि दिन्छु : सांसद थापा
प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्युठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिने घोषणा गर्नुभएको छ ।
सत्ता गठबन्धनभित्रका राजनीतिक व्यक्तित्व नै राष्ट्रपति : जनार्दन शर्मा
नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने बताउनुभएको छ ।
विकास सहायता र आर्थिक कूटनीतिमा छलफल भयो : परराष्ट्रमन्त्री पौड्याल
परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिको विषयमा छलफल गरेको बताउनुभएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पदभार ग्रहण गर्नुभएको छ। शपथ ग्रहण लगत्तै उहाँले पदभार ग्रहण गर्नु भएको हो।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ । समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा समितिको म्याद थप गर्नका लागि पेश गर्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
अर्थतन्त्रमा राष्ट्रपतिको चासो : उत्पादन क्षेत्रमा गम्भीर बनौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने बताउनुभएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो।
दूरसञ्चारले समयसापेक्ष कामकाज गर्नुपर्छ : मन्त्री सिंह
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले दूर सञ्चारले प्रदान गर्ने सेवामा सबैको पहुँच हुने किसिमले समयसापेक्ष काम गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग साउदीका राजदूतको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हाइमेदले आज (शुक्रबार) भेट गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकार विस्तारको तयारीमा
लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी थालिएको छ । मुख्यमन्त्रीले शपथ लिएको एक महिनापछि प्रदेश सरकारले पूर्णता पाउन थालेको हो । सत्ता साझेदार दलले मन्त्रालय बाँडफाँटको विषय करिव टुङगो लगाएको बताएका छन् । दलहरुले आफ्नो पार्टीबाट कसलाई मन्त्री बनाउने भन्ने विषय टुङ्ग्याउन बाँकी छ ।
मस्यौदा समितिको बैठक : सांसद नै विश्वास गर्दैनन् अदालतलाई
प्रतिनिधि सभा नियमावलि मस्यौदा समितिको बैठकमा सांसदहरुले न्यायलयको कार्यसम्पादनप्रति प्रश्न उठाएका छन् ।
सङ्घीय निजामती ऐन संसदमा पेश गर्न सुझाव
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती ऐनलाई अन्तिम टुङ्गो लगाउने कामलाई तिब्रता दिएको छ । संसदको जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेका बेला विज्ञहरुले सो सुझाव दिनुभएको हो ।
साना चार कम्युनिष्ट पार्टीबीच संयुक्त मोर्चा बनाउने सहमति
साना चार कम्युनिष्ट पार्टीबीच पार्टी एकता एवम् ध्रुवीकरण गर्ने निर्णय भएको छ।
सुदूरपश्चिममा तीन सदस्यीय मन्त्रिपरिषद गठन
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले तीन सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभएको छ । उहाँले नेपाली काङ्ग्रेसबाट प्रकाश देउवा र नेकपा (एकीकृत समाजवादी) बाट नरेश शाहीलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
संघीय संसद् भवन परिसरका झलकहरू (फोटो फिचर)
राष्ट्रपति भण्डारीलाई यसअघि संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत अभिवादन गर्नुभएको थियो ।
'अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउन केन्द्रित हुनुपर्छ'
राष्ट्रपति विद्यादेवी भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ।