• १२ साउन २०८१, शनिबार

'खर्च हुन नसक्दा पुँजी निर्माणमा समस्या'

अर्थतन्त्रमा राष्ट्रपतिको चासो : उत्पादन क्षेत्रमा गम्भीर बनौँ

blog

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, माघ २७ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने बताउनुभएको छ। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो।  

देशको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘कोभिड-१९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभावबाट नेपाल मात्र अछुतो रहको छैन। अर्थतन्त्रको सुदृढीकरणका लागि हामीले गम्भीर पाइला चाल्नुपर्ने देखिएको छ। औपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्न र संस्थागत गर्न वित्त नीतिमा निर्देशित हुनुपर्ने देखिएको छ।’’ 

देशको अर्थतन्त्रको विषयमा सबै जानकार रहेको बताउनुहुँदै राष्ट्रपति भण्डारीले अर्थतन्त्रको सुधारका लागि अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले तत्काल अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि भरपर्दो नभएको बताउनुभयो। 



राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने बताउनुभएको छ। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो।  

देशको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘कोभिड-१९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभावबाट नेपाल मात्र अछुतो रहको छैन। अर्थतन्त्रको सुदृढीकरणका लागि हामीले गम्भीर पाइला चाल्नुपर्ने देखिएको छ। औपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्न र संस्थागत गर्न वित्त नीतिमा निर्देशित हुनुपर्ने देखिएको छ।’’ 

देशको अर्थतन्त्रको विषयमा सबै जानकार रहेको बताउनुहुँदै राष्ट्रपति भण्डारीले अर्थतन्त्रको सुधारका लागि अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले तत्काल अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि भरपर्दो नभएको बताउनुभयो। 


नेपाल अर्थतन्त्रको संरचना नै आयातमुखी रहेका कारण यसमा परिवर्तन नगरी व्यापारघाटा तत्काल कम गर्न कठिन रहेको उहाँले बताउनुभयो। निर्यात प्रवर्द्धनका लागि हालसम्म भएका प्रयासको गम्भीर छलफल गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, "नीति तथा कार्यक्रम राम्रा भए पनि कार्यान्वयनमा देखिएको जटिलतालाई मध्यनजर गर्दै पुनर्विचार गर्नुपर्ने आवश्यकता देखेकी छु।"

वित्त नीति र मौद्रिक नीति परिपूरक

वित्त नीति र मौद्रिक नीति एकअर्काका परिपूरक हुनुपर्ने आवश्यकता रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो। दुवै नीतिको कार्यान्वयनबाट आर्थिक क्रियाकलाप चलायमान हुने भएकाले दुवैबीचमा सामञ्जस्य हुनुपर्ने उहाँको भनाइ छ।  आर्थिक क्षेत्रका विषयमा धारणा राख्दै उहाँले भन्नुभयो, “आर्थिक वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्य मात्र होइन, परिपूरककै रूपमा काम गर्नुपर्ने हुन्छ। दुवै नीतिको कार्यान्वयनबाट आर्थिक क्रियाकलाप चलायमान बन्ने हो, यसमा उपयुक्त सामञ्जस्य खोज्नुपर्दछ।”

बजारमा देखिएको मौद्रिक तरलता सङ्कुचनका कारण बैङ्क तथा वित्त संस्थाको ब्याजदर बढेको उहाँको भनाइ छ। यो सङ्कट हल गर्न तत्काल कदम चाल्नु आवश्यक रहेको उहाँले बताउनुभयो। ब्याजदर बढेको प्रति चासो राख्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “विगत केही समयदेखि बजारमा मौद्रिक तरलताका कारण बैङ्क तथा वित्तीय संस्थाको ब्याजदर बढेको छ। यो सङ्कट हल गर्न तत्काल कदम चाल्नु आवश्यक छ।” तरलता अभावको स्थितिमा ब्याजदर बढ्न गएर लागत अनुमान बढ्दा उद्योगी व्यवसायीका साथै आम उपभोक्तालाई नै असर पर्ने देखिएको उहाँको भनाइ छ। 



आन्तरिक उत्पादन बढाऔं

राष्ट्रपति भण्डारीले निर्यात प्रवर्द्धनका लागि आन्तरिक उत्पादनको क्षेत्र सबल हुनुपर्ने बताउनुभएको छ। सरकारले उत्पदान वृद्धिका लागि छिटोभन्दा छिटो समन्वयात्मक रुपमा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “निर्यात प्रवर्द्धनको लागि आन्तरिक उत्पादनको क्षेत्र सबल हुनु जरुरी छ। सरकारले उत्पदान वृद्धिका लागि छिटोभन्दा छिटो समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता  छ।”