बेरुत, वैशाख ४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको लेबनान र इजरायल बिचको युद्धविराम सम्झौता लागु भएको जनाइएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार दुई देशको बिचमा दश दिनको युद्ध–विराम सुरु हुने बताएको जनाइएको छ भने दीर्घकालीन सम्झौतामा पुग्ने उद्देश्यले वार्ताका अस्थाइ युद्धविराम गरेको जनाइएको छ ।
स्थायी सुरक्षा व्यवस्था र शान्तिका लागि वार्ताको वातावरण सिर्जना गर्ने प्रयासमा लेबनान र इजरायल दुवैले युद्धविराम लागु गर्ने अमेरिकी विदेश विभागले पुष्टि गरेको छ । लेबनानका प्रधानमन्त्री नवाफ सलामले युद्धविरामको घोषणालाई स्वागत गर्दै यसलाई वाशिङ्टनमा हालैको वार्तामासमेत द्वन्द्वको सुरुवात देखि बेरुतले चाहेको प्रमुख विषयको रुपमा वर्णन गर्नु भएको छ ।
यसैबिच, लेबनानी सेनाले नागरिकलाई युद्धविराम पूर्णरूपमा लागु नभएसम्म दक्षिणी क्षेत्रका गाउँ र सहरमा नफर्कन आग्रह गरेको छ, भने इजरायली सेनाले कब्जा गरेको क्षेत्र नजिक नआउने चेतावनी पनि दिएको छ । लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार द्वन्द्व सुरु भएदेखि लेबनानमा दुई हजार १९६ जनाभन्दा बढी मानिसले मृत्यु वरण गर्नुका साथै सात हजार १८५ भन्दा बढी घाइते भएका छन् । रासस/क्युएनए