• १३ साउन २०८१, आइतबार

राष्ट्रपति कार्यालयमा दिवा भोज

blog

राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै सशस्त्र प्रहरीका कलाकार । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, माघ २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का नवनिर्वाचन सांसद्लाई बधाई तथा शुभकामना दिन दिवा भोजको आयोजना गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा दिवाभोजको आयोजना गर्नुभएको हो । दिवा भोजमा सङ्घीय संसद्का नवनिर्वाचन सदस्यको उपस्थिति रहेको छ । 

सङ्घीय संसद्का सदस्यसँगै दिवाभोज कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतको उपस्थिति रहेको छ । दिवा भोज कार्यक्रममा विभिन्न कार्यक्रमसमेत गरिएको छ ।