• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदभार ग्रहण

blog

पदभार ग्रहण गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ।

अविनाश चौधरी

धनगढी, माघ २७ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पदभार ग्रहण गर्नुभएको छ। शपथ ग्रहण लगत्तै उहाँले पदभार ग्रहण गर्नु भएको हो। पदभार ग्रहण गर्नु हुँदै उहाँले मन्त्रिपरिषद्ले गरेको पहिलो निर्णय सार्वजनिक गर्नु भएको छ। भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। 

यसैबीच, मुख्यमन्त्री शाहले विश्वासको मत लगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभयो। ‘म छिट्टै विश्वासको मत लिन्छु’, उहाँले भन्नुभयो, ‘मलाई विश्वासको मत प्राप्त हुन्छ। मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ।’ 

स्थिर सरकार बनाउनका लागि सबै दलसँग छलफल भइरहेको मुख्यमन्त्रीको भनाइ थियो। पदभार गर्ने क्रममा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक समिति बनाउने निर्णय गर्नु भएको छ।