• १३ साउन २०८१, आइतबार

देशमा भ्रष्टाचारीको कमी छैन : पूर्व प्रधानमन्त्री खनाल

blog

पूर्वप्रधानमन्त्री झलनाथ खनाल । फाइल तस्बिर

काठमाडौं, माघ २८ गते। पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीको कमी नभएको बताउनुभएको छ। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। पूर्वप्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषक, कमिसन खोर, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीका दलाल रहेको बताउनुभयो। 

उहाँले यस्ता व्यक्ति नेपालीका शत्रु रहेको उल्लेख गर्दै यिनीहरूले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने बताउनुभयो। उहाँले जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै उनीको लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘अहिले हामीसँग दलाल पुँजीपति छन्, शोषक छन्, कमिसन खोर छन्, भ्रष्टाचारी छन्, मुनाफा खोरी छन्। विदेशीका दलाल छन्। यी हाम्रा शत्रुहरू हुन्।’’

पूर्वप्रधानमन्त्री खनालले समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसङ्गतिलाई हटाउन सकिने बताउनुभयो।