• १३ साउन २०८१, आइतबार

विवेकशीलको महाधिवेशन

blog

काठमाडौँ, माघ २८ गते । विवेकशील साझा पार्टी नयाँ शिराबाट अघि बढाउन महाधिवेशनमा होमिएको छ। विवेकशील साझाको पहिलो महाधिवेश सोमबारबाट काठमाडौँमा सुरु भएको छ। कार्यक्रमलाई शुभकामना दिँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिमालको फेदमा बस्नेहरू आर्थिक तथा सामाजिक रूपमा पछि पर्नु दुर्भाग्य रहेको बताउनुभयो। 

उहाँले आर्थिक समृद्धिमा चासो दिन नसकेको बताउँदै मानव जातिको विकासको स्तरमा माथिल्लो तहमा पु-याउन आवश्यक रहेको बताउनुभयो। 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सचिवालय सदस्य घनश्याम भुसालले विवेकशील साझाका नेताहरूमा केही गरौँ भन्ने हुटहुटी रहेको बताउनुभएको छ। उहाँले देशमा केही गर्न खोज्ने साथीहरू एकैठाउँमा बसेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो। 

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले योजनाबद्ध विकासको खाका अघि बढाउन नसकेको बताउनुभयो। उहाँले पद पाएको समयमा आफ्नो अनुभवलाई अधिकतम प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो। जनमत पार्टीका अध्यक्ष सिके राउतले कुशासन, चरम भ्रष्टाचार, ढिलासुस्ती भए पनि जनमत वैकल्पिक शक्तिलाई रूपान्तरण हुन नसकेको बताउनुभयो। महाधिवेशनमा देशभरबाट पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेका छन्।