• १३ साउन २०८१, आइतबार

विकास सहायता र आर्थिक कूटनीतिमा छलफल भयो : परराष्ट्रमन्त्री पौड्याल

blog

परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल । फाइल तस्बिर

काठमाडौं, माघ २७ गते। परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिको विषयमा छलफल गरेको बताउनुभएको छ। 

शुक्रबार संसद्को दुवै सदनको बैठकपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पौड्यालले नेपाल भ्रमणमा आउने गरेका विदेशी अधिकारीसँग विकास सहायता र आर्थिक कूटनीतिको कुरा भएको बताउनुभएको हो। 

उहाँले दुई देशबीचका व्यापार सम्बन्धको विषयमा पनि कुरा भएको उल्लेख गर्नुभयो। मन्त्री पौड्यालले भूराजनीतिक विषयमा कुनैपनि भ्रमणमा कुरा नभएको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘‘हामीले अहिले जतिपनि भ्रमणहरू भएका छन्। हामीसँगको छलफलमा हामीले ती भ्रमण गर्न आउने उच्चस्तरीय टोलीसँग हामीले विकास सहायताका कुरा गरेका छौँ। आर्थिक कूटनीतिका कुरा गरेका छौँ। व्यापार सम्बन्धका कुरा गरेका छौँ। भूराजनीतिक तहका कुरा हामीले अहिले गरेका छैनौँ।’

उहाँले आफूहरूले मित्रराष्ट्रलाई विकास साझेदार ठानेको बताउनुभयो। विकास र कूटनीतिमा सहयोग मागेको पनि उहाँले बताउनुभयो।