• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिममा तीन सदस्यीय मन्त्रिपरिषद गठन

blog

नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनुहुँदै प्रदेश प्रमुख जोशी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी 

धनगढी, माघ २७ गते । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले तीन सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभएको छ । उहाँले नेपाली काङ्ग्रेसबाट प्रकाश देउवा र नेकपा (एकीकृत समाजवादी) बाट नरेश शाहीलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । 

शाहीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिनुभएको छ । बाँकी चार मन्त्रालय मुख्यमन्त्रीले आफैसँग राख्नुभएको छ । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । शपथ कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।