• १३ साउन २०८१, आइतबार

लुम्बिनी प्रदेशमा मनाइयो जनयुद्ध दिवस

blog

शहीद परिवारका सदस्यलाई कार्यक्रममा सम्मान गरिदै । तस्बिर : पविता पौडेल

पविता पौडेल 

सैनामैना, फागुन १ गते । लुम्बिनी प्रदेशमा शहीद परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाइएको छ । रुपन्देहीमा रहेका ६५ जना  शहीदपरिवारका सदस्यसँगै सो दिवस मनाइएको हो ।   

लुम्बिनी प्रदेशको पहिला शहीद टीकाराम गौतम र गणेश ढकालको घरमा पुगी पूर्वमन्त्री तथा पार्टी लुम्बिनी प्रदेश संयोजक सुदर्शन बरालको नेतृत्वमा  नगर र जिल्ला पार्टी कमिटीको आयोजनामा  शहीद परिवारको  गुनासो सुन्दै दिवस मनाइएको छ । सो अवसरमा शहीद परिवारका सदस्यलाई सम्मान पनि गरिएको छ । 

संयोजक बरालले पार्टीले शहीद परिवारको मर्म बुझ्न नसक्दा अन्य पार्टीमा प्रवेश गर्न बाध्य भएको बताउँदै उहाँले भन्नुभयो, “यस्तो अवस्था आउने दुःखद हो, पार्टी नेतृत्वले यसमा ध्यान दिनुपर्छ ।” 

शहीद टीकाराम गौतम र गणेश ढकालको आमालाई दोसल्ला ओढाएर सम्मान गर्दै नेता बरालले उहाँहरूको घरको आर्थिक अवस्थाबारे पनि जानकारी लिनुभयो ।