• १४ मंसिर २०८१, शुक्रबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २६ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएपछि शुक्रबार बस्ने भएको हो । 

संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयन्त्रका संयोजक तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो । सो भेटवार्तापछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रवार बिहान ९ बजे बस्ने जानकारी दिनुभयो ।

सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिइसकेको छ । यद्यपि सो दलले सरकारलाई समर्थन कायमै राखेको छ । सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक राख्न माग गरे पनि बैठक बस्न सकेको थिएन । रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट बस्न लागेको संयन्त्रको बैठकलाई चासोपूर्वक हेरिएको छ ।