• १३ साउन २०८१, आइतबार

जसपा सम्बद्ध बौद्धिकको भेला शनिबार

blog

काठमाडौं, माघ २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघको भेला भोलि (शनिबार) हुने भएको छ ।

पार्टी सम्बद्ध प्राध्यापक, चिकित्सक, कानुन व्यवसायी, शिक्षक, पत्रकार, बैंकिङ तथा निजामती कर्मचारी, इञ्जिनियर, लेखा परिक्षकहरुको भेलाले नेपाल बौद्धिक पेसाकर्मी महासंघको समिति गठन गर्ने छ । 

पार्टी केन्द्रीय कार्यालयमा शनिबार दिउँसो १ बजे हुने भेलामा महासंघका पदाधिकारी, सदस्यहरु तथा घटक संघ÷संगठनका अध्यक्ष तथा पदाधिकारीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।