एक लाखको फूल बिक्री
जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाखको सयपत्री फूल बिक्री गरेका छन् ।
कैदीबन्दीलाई भाइटीका
तिहारमा तनहुँ कारागारका कैदीबन्दीलाई भाइटीका लगाउने अवसर प्रदान गरिएको छ ।
तोरी फुलेर बारी पहेँलै
गुल्मीका विभिन्न स्थानका किसानले बारीमा लगाएको तोरी फुलेर पहेँलै भएको छ । यहाँका किसानले लगाएको तोरी फुलेर बारीको अत्यन्तै सुन्दर दृश्य देखिएको छ ।
चक्कु प्रहार गरी मजदुरको हत्या
तनहुँमा मदिरा सेवन गरेका मजदुरबिच बिबाद हुँदा एकको हत्या भएको छ । व्यास नगरपालिकाको वडा १० र ११ को सिमानामा अधेरीभज्याङ चौतारीमा विवाद हुँदा नुवाकोटका वर्ष ४७ को दिलिप तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो ।
बरङ्जामा मनाइयो ‘आगोदेउ’ पर्व
जिल्लाको मङ्गला गाउँपालिका –३ र ४ वडामा पर्ने बरङ्जाका मगर समुदायले ‘आगोदेउ’ पर्व मनाएका छन् । बरङ्जामा बसोबास गर्ने नौ थरका ४५ कुरिया मगरहरूले हरेक वर्षको कुकुर तिहारदेखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
पृथ्वीराजमार्गमा पर्ने तनहुँको बन्दीपुर गाउँपालिका –५ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गाई संरक्षणका लागि करोडको अक्षयकोष
राष्ट्रिय जनावर गाईको संरक्षणको लागि तनहुँमा अक्षय कोष स्थापना गरिएको छ । व्यास नगरपालिका –१० दुम्सीस्थित गौ संरक्षण तथा सरसफाई व्यवस्थापन केन्द्रले दाताहरुबाट रकम सङ्कलन गरेर वेदव्यास गौ संरक्षण अक्षय कोष स्थापना गरेको हो ।
प्रतियोगिताको उपाधि पेदाङ क्लबलाई
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित खेवाङमा सम्पन्न खेवाङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पेदाङ स्पोर्टिङ क्लबले जितेको छ । पाँचथरको कुम्मायक गाउँपालिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै सिरिजङ्घा गाउँपालिका –५ पेदाङले उपाधि जितेको हो ।
तिनाउ नदीमा डुबेर बालक बेपत्ता
तिनाउ नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । भारत गोण्डाका १२ वर्षीय बालक मोहम्मद मुसबसिर खान पाल्पा तिनाउ गाउँपालिका ३ ड्यामस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका हुन् ।
‘कृषकसँग कृषि प्राविधिक’बाट किसान लाभान्वित
स्याङ्जाको गल्याङ नगरपालिकाका कृषि तथा पशु प्राविधिकहरू घरबारीमै पुगेपछि कृषकहरू उत्साहित भएका छन् । पालिकाले सञ्चालन गरेको ‘कृषकसँग कृषि प्राविधिक कार्यक्रम’ अन्तर्गत कृषकका खेतबारीमा प्राविधिक पुगेका हुन् ।
जुवा खेल्ने १६ जना प्रहरी नियन्त्रणमा
सुनसरीमा जुवा खेल्ने क्रममा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा जुपाडेहरुबाट करिब तीन लाख रुपियाँ बरामद गरेको छ ।
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना : स्थानीय खुसी
लामो समयको प्रतीक्षापछि अन्ततः हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ ।
ट्याक्टर दुर्घटनामा सात घाइते, दुई गम्भीर
अछामको ढकारीमा ट्याक्टर दुर्घटना हुँदा शनिबार सात जना घाइते भएका छन् । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
जन्मदिनमा वृक्षरोपण अभियान
तराई विकास तथा सञ्चार केन्द्र नेपालले स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्य साथ वृक्षरोपण अभियान जारी राखेको छ । जन्मदिनको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई वृक्षारोपण गर्न उत्प्रेरित गर्ने अभियानले जन्मदिनलाई सत्कर्मसँग जोड्ने काम गरेको छ ।
भीरबाट लडेर एकको मृत्यु
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ ।
भारतमा कार दुर्घटना : दुई नेपालीको मृत्यु
भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
तिहारका लागि पोखरा झरे च्याङ्ग्रा
तिहारमा बिक्रीका लागि मुस्ताङदेखि पोखराको सिमपानीमा ल्याइएका च्याङ्ग्रा । चाडपर्वमा च्याङ्ग्राको माग उच्च हुनेगर्छ ।
रघुनाथ पोखरीमा छठ पर्वको तयारी
दीपावली पर्व सकेलगतै मनाइने छठ पर्वको लागि पोखरी नदी ताल तलैयामा घाटको तयारी थालिएको छ । लहान–३ स्थित रघुनाथपुर पोखरी घाटलाई सजाउन तयारी सुरु गरिएको छ ।
तीन महिनामा चार करोड ३९ लाख जरिवाना, ९५ को मृत्यु
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा र त्यस मातहतका आठ वटै जिल्लामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिभिन्न सवारीलाई चेकिङ्ग गर्दा ट्राफिक नियम विपरित रहेकाहरुबाट सो जरिवाना असुल गरिएको हो ।
नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ ।
स्याउको बोटमुनि पाकेको फापर
हिमालपारिको जिल्ला मुस्ताङमा अहिले प्राय सबैले स्याउ टिपेर रुखहरु खाली बनाएका छन् । स्याउको बोटमा पात झर्न थालेका छन् भने टाढासम्म हेर्दा बोटहरु उराठजस्तै देखिन थालेको छ । त्यही स्याउको बोटमुनि अहिले किसान ब्यस्त छन् ।
सांस्कृतिक पर्व भाँड्नेखालका क्रियाकलाप हुनुहुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्नेखालका क्रियाकलाप कसैले गर्न नहुने बताउनुभएको छ । नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा आज मूल समारोह समितिले काठमाडौँको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
फूल व्यवसायी खुसी
गाउँघर सहर जताततै तिहारको रमाइलो छाएको छ । तिहारलाई फूलैफूलको पर्व भनेर चिनिन्छ ।
तिहारमा प्लास्टिक मालाको बिक्री बढ्यो
तिहारसँगै डोटी जिल्लाका बजार क्षेत्रमा प्लास्टिक फुल मालाको बिक्री बढेको छ ।