• २४ मंसिर २०८१, सोमबार

चक्कु प्रहार गरी मजदुरको हत्या

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक १८ गते । तनहुँमा मदिरा सेवन गरेका मजदुरबिच बिबाद हुँदा एकको हत्या भएको छ ।व्यास नगरपालिकाको वडा १० र ११ को सिमानामा अधेरीभज्याङ चौतारीमा विवाद हुँदा नुवाकोटका वर्ष ४७ को दिलिप तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो । 

चक्कु प्रहार गर्ने भक्तपुरका विशाल थापा मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । पासवानका अनुसार पाँच जना मिलेर एउटै घरमा बसोबास गर्ने मजदुरबिच सामान्य बिबाद हुने क्रममा दुई जनाबिच झगडा हुँदा थापाले शुक्रबार साँझ चक्कु प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

मृतको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । मजदुर पराशर मार्गमा काम गर्नका लागि अधेरी भञ्ज्याङमा बसोबास गर्दैआएका थिए ।