• २४ मंसिर २०८१, सोमबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक १८ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको बन्दीपुर गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

प्रदेश २ को ९९४२ नम्बरको मोटरसाइकल दुर्घटनामा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका स्थायी घर भई हाल तनहुँको  व्यास नगरपालिका–२ दमौली बस्ने  वर्ष २२ का सुमित साहको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल अनियन्त्रित भई नालामा खसेको आइतबार बिहान स्थानीयले देखेपछि उद्धार गर्न जाँदा मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो । 

रातको समयमा सवारी चलाउने क्रममा अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर  मृत्यु भएको अवस्थामा फेला पारिएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको पासवानले जानकारी दिनुभयो । 

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथमा रहेको परिचयपत्रमा व्यास नगरपालिका–१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा बिबिए तेस्रो वर्षमा अध्ययरत रहेको खुलेको प्रहरी निरीक्षक पासवानले जानकारी दिनुभयो ।