विषाक्त खानाले एकको मृत्यु, ६ जना बिरामी
बाँकेको खजुरामा विषाक्त खाना (फूड प्वाइजन) हुँदा एकै घरका छ जना बिरामी परेका छन् । एक जनाको मृत्यु भएको छ ।
थाकसलाई महाधिवेशनकाे चटारो
थारु समुदायको छाता सङ्गठन थारु कल्याणकारी सभा (थाकस) लाई २३ औं महाधिवेशनको चटारो सुरु भएको छ । मंसिर १ गते उदघाटन हुने महाधिवेशनको तयारी तिव्ररुपमा भइरहेको महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।
भारतमा बस दुर्घटना : २२ जनाको मृत्यु
भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएका छन् ।
एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु
थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो ।
कैलालीमा धान खरिद बिक्री शुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार अघिका तीन दिनमा करिब तीन हजार क्विन्टल धान गरिद गरेको छ । सरकारले गत वर्ष कैलालीमा ४० हजार क्विन्टल कोटा तोकेकोमा यसवर्ष पहिलो चरणमा ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएको छ ।
एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित
रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन हुनुभएको एक वर्ष भयो ।
बरंजाको आगादेउ पर्व सम्पन्न
लामो समयदेखि मनाइँदै आइएको पुरानो मध्येको एक पर्व मंगला गाउँपालिका –३ र ४ नम्बर वडाका ५४ कुरिया मगरहरुले विविध विधिसहित आगादेऊ पर्व सम्पन्न गरेका छन् ।
छठपर्वका लागि कुटान पिसान सुरु
महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि छठपर्वका लागि कुटान पिसान सुरु भएको छ ।
उराँव समुदायले मनाए सुकराती जतरा
तिहारको अवसरमा सुनसरीका उराँव समुदायले सुकराती जतरा पर्व मनाएका छन् ।
मोल्दोभामा राष्ट्रपतीय निर्वाचन, सन्दुको जीत सुनिश्चित
मोल्दोभाका वर्तमान राष्ट्रपति मइया सान्दुले ५४.१९ प्रतिशत मत प्राप्त गरी देशको राष्ट्रपतीय निर्वाचनमा अग्रता लिनुभएको छ ।
चिडिमार समुदायको पुर्खौली पेसा सङ्कटमा
समयसँगै आएको परिवर्तनले बाँकेको कोहलपुर नगरपालिका –१४, हवल्दारपुरस्थित चिडिमार समुदायको पुर्खौली पेशा संकटमा पर्दै गएको छ ।
हवाई उडान प्रभावित
प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।
एक लाख पचास हजार नगदसहित १४ जना जुवाडे पक्राउ
एक लाख पचास हजार नगदसहित १४ जना जुवाडेलाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ ।
यस वर्ष केराको मूल्य दोब्बर
छठ पर्वमा प्रसादको रुपमा छठ देउतालाई चढाइने केरा गत वर्षको तुलनामा दोब्बर मूल्य बृद्धि भएको छ । दिपावली सकेलगत्तै छठ पर्वको तयारीमा जुटेका भक्तजनहरु छठ पर्वमा पाकेको केरा प्रसादको रुपमा चढाउन लहान बजारमा केरा खरिद गर्दैगर्दा गत वर्षको तुलनामा दोब्बर मूल्यमा केरा खरिद गर्नुपरेको बताएका छन् ।
अनाथ बालबालिकालाई सहयोग
जापानमा रहेका नेपालीले अनाथ बालबालिकालाई आर्थिक सहयोग गरेका छन् । मकवानपुरको हेटौँडा –१४ स्थित अनाथ अपाङ्ग बाल पुनर्स्थापना केन्द्रमा आश्रित बालबालिकाका लागि तिहार मनाउन आर्थिक सहयोग गरेका हुन् ।
मौलिक संस्कृति, परम्परा र चाडपर्वले हाम्रो पहिचानलाई स्थापित गर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हामी नेपालीहरुको मौलिक संस्कृति, परम्परा र चाडपर्वले हाम्रो पहिचानलाई स्थापित गर्ने बताउनु भएको छ ।
चाडबाडमा दर्शककाे रोजाइमा नेपाली चलचित्र
नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् ।
सडक पेटीमै जन्मियो बच्चा
सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरमा बेवारिसे एक महिलाले सडक पेटीमै बच्चा जन्माउनुभएको छ ।
जनशक्तिको अभावले औषधी व्यवस्था विभागका अनुगमनमा समस्या
औषधी व्यवस्था विभागको नेपालगन्ज शाखामा जनशक्तिको अभावले अनुगमनमा समस्या हुँदै आएको छ ।
गोठमा आगलागी : एक लाखको क्षति
अर्जुनचौपारी गाउँपालिका–२ खाल्टेमा आइतबार आगलागी भएको छ ।
पानीको डरले धान थन्क्याउँदै किसान
बाँकेको डुडुवा गाउँपालिका –५ सिधनियास्थित खेतमा धान थन्क्याउँदै किसान । पानी पर्ने डरले तिहारको बेला पनि किसानहरु धान थन्क्याउन व्यस्त रहेका छन् ।
भाइटीकाका दिन सुनसान काठमाडौँका सडक
तिहारको भाइटीकाको दिन आइतबार काठमाडौँ लाजिम्पाट सडकमा फाट्टफुट मात्र सवारीसाधन चलेका छन् ।
कमला नदी पार गर्न अस्थायी बाँसको पुल
यस वर्ष पनि बाँसको पुल निर्माण गरि सञ्चालनमा ल्याएको हो ।