• १२ पुस २०८१, शुक्रबार

उराँव समुदायले मनाए सुकराती जतरा

blog

तिहारको अवसरमा सुनसरीको भोक्राहा नरसिंह-१ मा समुदायले समूहिक रुपमा सुकराती जतरा पर्व मनाउदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, कात्तिक १९ गते । तिहारको अवसरमा सुनसरीका उराँव समुदायले सुकराती जतरा पर्व मनाएका छन् । सुनसरीको इनरुवा, भोक्राहा नरसिंह १ डुमडा टोला सहितका स्थानमा उराँव समुदायले सुकराती जतरा पर्व मनाएका हुन् ।

नेपाल उराँव आदिबासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवका अनुसार   उराँव समुदायको बसोबास रहेको गाउँठाउँमा सामुहिक रुपमा उराँव समुदायले सुकराती जतरा पर्व मनाएको हो । 

सोमबार मात्रै भोक्राहा नरसिंह-१ उराँव समुदायले समुहिक सुकराती जतरा पर्व मनाएको स्थानीय सम्पतलाल उराँवले बताउनुभयो । पूर्वी नेपालमा दसैँको उल्लास, उमङ्ग, रोमाञ्च कार्यक्रम अघि नै करम जतरा मनाएका उराँवहरुले तिहारमा सुकराती जतरा पर्व मनाएको उहाँले बताउनुभयो ।