• १८ पुस २०८१, बिहिबार

कमला नदी पार गर्न अस्थायी बाँसको पुल

blog

कमला नदीमा सिरहा नगरपालिका –५ ले नदी पारगर्न बनाएको अस्थायी बाँसको पुल । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, कात्तिक १८ गते । मधेशको हुलाकी सडकमा सिरहा र धनुषाको सीमाना रहेको कमला नदीमा निर्माण भएको पक्की पुलको पाया भासिएपछि प्रत्येक वर्ष नदीमा पानीको बहाव कम भएपछि कात्तिकदेखि बाँसको अस्थायी पुल निर्माण गरेर नदी वारिपारी जाने कार्य भइरहेको छ । यस वर्ष पनि बाँसको पुल निर्माण गरि सञ्चालनमा ल्याएको हो । 

यस वर्ष सिरहा नगरपालिका–६ ले निर्माण गरेको बाँसको पुलबाट जान आउन वीस रुपियाँ लिइरहेको छ । पुलको सुरुवात शनिबारदेखि भएको हो । कमला नदी भासिएपछि निरन्तर सिरहा र धनुषाका स्थानीयहरु पुलको पुर्न निर्माणको लागि मधेश प्रदेश सरकार र सङघीय सरकारलाई आग्रह दबाब सुजना गरेपनि कुनै पहल नभएपछि बाँसको पुल बनाएर पनि अस्थायी समस्या समाधान भइरहेको स्थानीयहरु बताउँछन् । स्थानीय बद्री नारायण यादव भन्नुहुन्छ, ‘बाँसको अस्थायी पूल पार गरेर मधेश प्रदेशको राजधानी जनकपुर जान सजिलो भएको छ । पुलको पुर्न निर्माण नभएसम्म अर्को कुनै विकल्प छैन । घुमेर जाँदा तीस मिनेटमा जनकपुर पुग्ने बाटो अढाई घण्टा समय लाग्छ ।’ 

हुलाकी सडक निर्माणको लागि दवाव नै सृजना गर्नुहुने सिरहाका सन्हैठाका वरिष्ठ लेखक रामरिझन यादव भन्नुहुन्छ, ‘२०७८ असार १७ गते आएको बाढीले पुलको पूर्वपटिको पाया र पश्चिमपटिको पाया समेत भासिएपछि उद्घाट्नको लागि तयार रहेको पुलको उद्घाट्न हुन सकेन । पुल कामयावी अवस्थामा नरहेकोले पुलको पुन:निमार्णकाे काम जतिपटक सरकार फेरिन्छ, त्यति पटक भौतिक निर्माण तथा यातायात मन्त्रीको अनुगमन अवलोकन हुन्छ, कति पटक त प्रधानमन्त्री समेत आइ सक्नु भएको छ तर काम अघि नबढ्दा बाध्य भएर अस्थायी जोगार गर्न स्थानीयहरु बाध्य भएका छन् ।’

चार सय ७० मिटर लामो र ११ मिटर चौडाइ रहेको कमला पुल २०६८ साल मङिसर २४ गते सम्पन्न गर्नेगरी २४ करोड ९१ लाखमा पप्पु क्न्ट्रक्शनले टेण्डर लिएको थियो । पटक पटक म्याद थपरे समयमा पुल निर्माण हुन नसकेपछि नागरिक दबाब सृजना गर्दै २०७५ सालमा वरिष्ठ लेखक रामरिझन यादव सहित स्थानीय युवाहरु रिले अनसन गर्दा पप्पु कन्ट्रक्शनबाट टेण्डर तोडेर २०७६ साल असोजमा लुम्बिनी विल्डर्स कन्ट्रक्शनलाई दिएपछि पुल निर्माण सम्पन्न भएको थियो । 

२०८१ साउन २७ गते सिरहा नगरपालिकाका घर भएको इन्जिनियर प्रविण यादवको नेतृत्वमा मोटरसाइकल यात्रा गरेर मधेश प्रदेशका मुख्यमन्त्री सतिश क्ुमार सिंहसँग पुल निर्माणको लागि एक सुत्रीय माग राखेर मुख्यमन्त्री कार्यालय अघि धारणामा बसेको थियो । धारणामा बसेका युवाहरुलाई मुख्यमन्त्री सिंहले समस्या समाधानको लागि सार्थक पहल थाल्ने विश्वास दिलाइएको थियो । 

सिरहा नगरपालिका बसविटाका स्थानीयहरुको जग्गा कमला नदीपारी धनुषा जिल्लामा रहेकोले खेतिपातीको समयमा भासिएको पुलमा बनाएको बाँसको सिढी प्रयोग गरेर पुल पार गर्नुपरेको धनुषाबाट सिरहा आउनेहरु मोटरसाइकल पुलमै राखेर सिरहा बजार आउने गरेको पीडा समाधान गर्न र पुल पुर्न निरर्माणको लागि गरेको पहल कामयावी नदेखिएको स्थानीय पत्रकार देवकुमार यादवले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘पुल पुर्न निर्माण गर्न केन्द्र र प्रदेश सरकारले गम्भीरतापूर्वक नलिँदा अस्थायी वाँसको पूल प्रयोग गर्नु परिरहेको छ । बाँसको पुल कति नै टिक्ने र कति नै भरपर्दो हुने यो पीडा सरकारले सुनिदिनु परयो ।’ 

यता सिरहा नगरपालिका प्रमुख नविन कुमार यादवका अनुसार पुल निर्माणको लागि सिरहा–३ का सङघीय सांसद तथा पूर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री रहनु भएको लिलानाथ श्रेष्ठले पटक पटक सदनमा बोलेर विभागीय मन्त्री र प्रधानमन्त्रीलाई समेत भेटेर समस्या समाधानको लागि पहल थाल्नु भएको छ । 

पुल सञ्चालमा नआउँदै पुलको पाया भासिएपछि हुलाकी सडकबाट सप्तरीको राजविराजबाट दुई घण्टामामै मधेश प्रदेशको राजधानी जनकपुर पुग्ने सपना सकार हुन नसकेकोले सिरहा सप्तरी र धनुषा जिल्लावासीहरुले पुल पुर्न निर्माण र माटो परीक्षणमा हेलचक्राई गरेकै कारण पाया भासिएकोले सम्बन्धित ठेकेदारहरुलाई कारवाहीको माग समेत उठ्दै आइरहेको स्थानीय सिरहा –५ का वडाध्यक्ष जागेशवर यादवले बताउनुभयो ।