• १० मंसिर २०८१, सोमबार

मौलिक संस्कृति, परम्परा र चाडपर्वले हाम्रो पहिचानलाई स्थापित गर्छ : मुख्यमन्त्री कार्की

blog

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक १८ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हामी नेपालीहरुको मौलिक संस्कृति, परम्परा र चाडपर्वले हाम्रो पहिचानलाई स्थापित गर्ने बताउनुभएको छ । आइतबार शुभ साइतमा बहिनिहरुबाट भाइटीका ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपालीहरुको परम्परागत एवं मौलिक पर्वले क आपसमा भावनात्मक एकता बढाउछ, उहाँले भन्नुभयो । दसैँ, तिहार, छठ लगायतका यस्ता संस्कृति ,परम्परा र चाडपर्वको संरक्षण गर्नु सबै दायित्व भएको पनि उहाँले बताउनुभयो ।

झापा गौरदहस्थित नीजि निवासमा बहिनी सुशीला कार्की र पार्बता थापाबाट दाजु दिपक कार्की सगै मुख्यमन्त्री कार्कीले टीका ग्रहण गर्नुभएको थियो । मुख्यमन्त्री कार्कीका पाँच जना दिदिबहिनी हुनुहुन्छ ।