काठमाडौँ, पुस ३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताउनु भएको छ ।
‘दि राइजिङ नेपाल’ ६१ वर्ष प्रवेशको अवसरमा गोरखापत्रद्वारा बिहीबार ललितपुरमा आयोजित गोरखापत्र डिस्कोर्स कार्यक्रममा उहाँले सो कुरा बताउनु भयो ।
उहाँले वर्तमान सरकारको मुख्य दायित्व निर्वाचन सम्पन्न गराउने सँगसँगै सुरक्षाको प्रत्याभूति गराउन सक्नु पर्ने पनि रहेको बताउनु भयो ।
गोरखापत्र डिस्कोर्स अन्तर्गतको ‘मनोबल कस्तो’ शीर्षकको बहसमा उहाँले सरकारको भूमिका नियन्त्रण गर्ने नभई सकारात्मक वातावरण निर्माण गर्नुपर्ने रहेको भनाइ राख्नु भयो । यद्दपि, वर्तमान सरकारसँग विभिन्न चुनौती पनि रहेको उहाँको भनाइ छ ।
उहाँले गोरखापत्र नेपालको इतिहासको साक्षी समेत रहेको भन्नु हुँदै अर्थतन्त्रसँग सम्बन्धित विगतका परम्परागत एवम् ऐतिहासिक दस्तावेज सर्वसाधारण समक्ष सरल एवम् सहजसँग उपलब्ध हुने वातावरण बनाउन अनुरोध गर्नु भयो ।