• १८ मंसिर २०८१, मङ्गलबार

थाकसलाई महाधिवेशनकाे चटारो

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १९ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारी सभा (थाकस) लाई २३ औं महाधिवेशनको चटारो सुरु भएको छ । मङ्सिर १ गते उद्घाटन हुने महाधिवेशनको तयारी तीव्ररुपमा भइरहेको महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । 

रुपन्देहीको भैरहवामा महाधिवेशन हुने निश्चित भएपछि नेतृत्वको दौडधूप पनि सुरु भएको छ । अध्यक्षका लागि महामन्त्री प्रेमीलाल चौधरी र उपाध्यक्ष देवीप्रसाद चौधरीको चर्चा छ । सङ्गठन विभाग प्रमुख रुक्मिणी चौधरी आफू पनि नेतृत्वको आकांक्षी रहेको समर्थकहरुसँग बताउने गर्नुभएको खुलेको छ । 

वि.सं. २००५ वैशाखमा प्रथम महाधिवेशन गरेको थारु कल्याणकारिणीसँग अहिले थारु बहुल जिल्लाका सबै जिल्लामा जिल्ला समिति छ । महाधिवेशनमा करिब ३०० प्रतिनिधि रहने महामन्त्री चौधरीले बताउनुभयो । जिल्ला अधिवेशनहरु सबै सम्पन्न भएर प्रतिनिधि छनाृेट भइसकेको उहाँले बताउनुभयो । महाधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्रीसँग समय लिने काम भइरहेको महामन्त्री चौधरीले जानकारी दिनुभयो ।