किसानसँग आलु किन्न सम्झौता
तनहुँमा आलु उत्पादन गर्ने किसानलाई बजारीकरणमा सहज भएको छ । किसानले उत्पादन गरेको आलु सिधै कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएकाले सहज भएको हो ।
अनुदान दुरुपयोग गर्नेको अध्ययन हुने
नेपालमा ठुलो अनुदान लिएर दुरुपयोग गर्ने कृषकको फाइल अध्ययन सुरु गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताउनुभएको छ ।
फेरिँदै देउसीभैलोको स्वरूप
दसैँपछिको दोस्रो ठुलो चाड तिहार उज्यालोको पनि पर्व हो । पशुपन्छी, प्रकृतिको पूजा गरिने चाडका रूपमा तिहारलाई लिइन्छ । वर्षमा एक पटक खेलिने देउसीभैलोले तिहारलाई थप उत्साहमय बनाउँछ ।
थन्किन्छन् अनुदानका चुला
विद्युत् खपत विस्तार तथा जनस्वास्थ्यमा समेत सुधारको अपेक्षासहित अनुदानमा सरकारले बाँडेका विद्युतीय चुलो उपभोक्ताले कम प्रयोगमा ल्याएको पाइएको छ ।
स्थानीय तहको कर एपबाटै
करदाताले मोबाइल एपबाटै स्थानीय तहको कर बुझाउन मिल्ने भएको छ । सरकारी कोषको हिसाबकिताब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार स्थानीय तहमा राजस्व बुझाउनका लागि सञ्चालनमा ल्याइएको ‘स्थानीय तह राजस्व पोर्टल’ अबदेखि
‘घटको रैबार’ विमोचित
शिवप्रसाद जैसीद्वारा लिखित कथासङ्ग्रह ‘घटको रैबार’ को विमोचन गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच समालोचक प्राडा दयाराम श्रेष्ठ ‘सम्भव’ ले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
भूमि समस्या समाधान आयोग गठन
सरकारले भूमिहीन, दलित, सुकुमवासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि भूमि समस्या समाधान आयोग गठन गर्नुका साथै उक्त आयोगका अध्यक्ष, उपाध्यक्ष तथा सदस्य नियुक्त गरेको छ ।
‘टाइगरले पायो उत्कृष्ट कुकुर सम्मान’
कुकर तिहारका दिन घरपालुवा मात्र होइन, सामुदायिक कुकुरलाई पनि फूलमाला लगाइदिएर मिठो खान दिने परम्परा छ ।
शर्मालाई उपनिर्वाचनको जिम्मेवारी
नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन–२०८१ केन्द्रीय संयोजनको जिम्मेवारी पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई दिएको छ ।
बेरुजु फर्स्योटमा सर्वोच्चको प्रश्न
संसद्को सार्वजनिक लेखा समितिले गरेको बेरुजु लगत कट्टाको विषय र प्रक्रियामा सर्वोच्च अदालतले प्रश्न उठाएको छ ।
तत्कालीन मुख्यसचिव अर्याललाई सफाइ
विशेष अदालतले अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सफाइ दिएको छ । खरिद प्रकरणमा जोडिएका अर्यालसहितका उच्चपदस्थ अधिकारीले अभियोगबाट सफाइ पाएका हुन् ।
तिहारको सामग्री किन्न बजारमा भिड
तानसेनमा तिहार पर्वका लागि आवश्यक सामग्री किन्ने मानिसको भिड लागेको छ । तिहार पर्व लागेसँगै भाइमसला, माला, रोटी तथा अन्य परिकार किन्ने मानिसको तानसेन बजारमा घुइँचो लागेको हो ।
दीपावलीका लागि सयपत्रीको माला उन्ने चटारो
तनहुँको म्याग्दे गाउँपालिका ६ धैरेनीमा उत्पादित सयपत्री फूल बिक्रीका लागि माला बनाइँदै । यहॉका तीन युवाले व्यावसायिक रुपमा फूलखेती गरेका छन् ।
दम्ती सबस्टेशन सञ्चालन, विद्युत् आपूर्तिमा सुधार हुने
प्युठानको दम्तीमा निर्माण भएको ३३–११ केभी सबस्टेशन सञ्चालनमा आएको छ ।
दुई लाख मूल्य बराबरको पटका नष्ट
दाङमा प्रहरीले दुई लाख रुपियाँ बराबरको पटका नष्ट गरेको छ ।
पशुमा पूर्ण खोप कार्यक्रम सुरु
रोगले गर्दा हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका दश वटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु भएको छ ।
तिहारको बिदामा पनि तनहुँ जलविद्युतको काम निरन्तर हुने
तिहारको बिदामा पनि तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले कामलाई निरन्तरता दिने भएको छ ।
चामल बेपत्ता बनाउने फर्मलाई जरिवाना
बजार अनुगमनका क्रममा खान अयोग्य भई रोक्का राखेको चामल बेपत्ता पार्ने मकवानपुरको एक व्यावसायिक फर्मलाई मनहरी गाउँपालिकाको कार्यालयले कारबाहीसहित जरिवाना गरेको छ ।
वायु प्रदूषणको जोखिम घटाउन माग
नेपाल वातावरण पत्रकार समूहले डढेलो र वायु प्रदूषणको जोखिम घटाउने गरी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
राजनीतिसँगै फूलखेतीमा व्यस्त राना
युवा कोही दिनहुँ विदेशी रहेका छन्, कोही राजनीतिमा होमिएका छन् । यहाँका गल्याङ नगरपालिका–५ रुपाखानीमा चन्द्रबहादुर राना ‘चित्र’ राजनीतिसँगै फूलखेतीमा दैनिक रमाउने गर्नुभएको हो ।
पोथी चितुवाको उद्धार
रुकुमपश्चिममा घाइते अवस्थामा रहेको एक पोथी चितुवाको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसीकोट नगरपालिका-१० स्थित चिप्लेडाँडा खोलाबाट चितुवाको उद्धार गरेको हो ।
बृहत्तर वराहक्षेत्रको परिक्रमा सुरु
सुनसरीको चतराधामबाट ‘पन्ध्र दिवसीय वराहक्षेत्र परिक्रमा पदयात्रा’ सुरु भएको छ ।
गाँजासहित ८ जना पक्राउ
लागूऔषध गाँजासहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । गाँजा र चार सुल्पासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
६ करोड बढी लगानीका भौतिक संरचनाको उद्घाटन
इलामको सूर्योदय नगरपालिकामा रहेको करफोक विद्या मन्दिर माध्यमिक विद्यालयमा निर्माण गरिएको कृषि अनुसन्धान केन्द्र सहितका भौतिक संरचनाको उद्घाटन गरिएको छ ।