• १५ कात्तिक २०८१, बिहिबार

शर्मालाई उपनिर्वाचनको जिम्मेवारी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक १५ गते । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन–२०८१ केन्द्रीय संयोजनको जिम्मेवारी पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई दिएको छ । पार्टीको विधानबमोजिम सभापति शेरबहादुर देउवाले बुधबार १० सदस्यीय संयोजन समिति गठन गर्नुभएको हो ।

नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिका सदस्यमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार रहनुभएको छ । त्यसै गरी पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य र सदस्यसचिवमा प्रकाश शर्मा मनोनयन हुनुभएको छ ।

२०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले ३९ पद रिक्त रहेका छन् । ३१ जिल्लाका स्थानीय निकायमा आगामी मङ्सिर १६ गते उपनिर्वाचनको मिति तोकिएको छ ।