• १० मंसिर २०८१, सोमबार

तिहारको बिदामा पनि तनहुँ जलविद्युतको काम निरन्तर हुने

blog

ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत आयोजनाको सुरुङ प्रवेशद्वार । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १४ गते । तिहारको बिदामा पनि तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले कामलाई निरन्तरता दिने भएको छ । 

निर्धारित समयमा काम पुरा गर्ने उद्देश्यले तिहारमा समेत काम निरन्तरता दिइने तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । 

यसअघि दसैँको समयमा पनि काम सुचारु गरिएको उहाँले बताउनुभयो । आयोजनाको तीन वटै प्याकेजका काम तिहारमा पनि निरन्तर सञ्चालन भइरहेको भण्डारीले बताउनुभयो। भण्डारीले भन्नुभयो, "निर्धारित समयमा पुरा गर्न प्याकेज १, प्याकेज २ र प्याकेज ३ अन्तर्गतका कामलाई तिहार बिदामा पनि नरोकी सञ्चालन गर्ने भएका छौँ ।" 

सिफ्टमा आलोपालो मिलाएर तिहार लगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिइएको भए पनि अधिकांशले काम गर्ने आयोजनाले जनाएको छ । आयोजनाको अनुसार  प्याकेज १ अन्तगत बाँध खन्ने काम पुरा भई कङ्क्रिट गर्ने कार्य सुरु गर्न लागिएको छ । प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ ।  

त्यसैगरी आयोजनाको प्याकेज–२ अन्तर्गत पावरहाउसतर्फ स्टालेसन गर्ने कार्य तीव्र रूपमा भइरहेको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका प्याकेज–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युत गृहमा रहने  उपकरणहरू जडानलगायतका कार्यहरू भइरहेका छन् । 

प्याकेज–३ अन्तर्गत ९४ टावरमध्ये ७९ वटा टावरको फाउन्डेसन निर्माण गरिनुका साथै ६९ वटा टावर ठडाइ सकिएको छ । बाँकी वन क्षेत्रमा रहेकाले नीतिगत कार्यले रोकिएको आयोजनाले जनाएको छ । यसको निर्माण कार्य केसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ । हालसम्म ६२ प्रतिशत काम पुरा भएको भण्डारीले जानकारी दिनुभयो ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत० ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले ८ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।