• १ पुस २०८२, मङ्गलबार

जिल्ला प्रशासन कार्यालय बागलुङद्वारा बजार अनुगमन

blog

जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारका विभिन्न पसल तथा उद्योगहरुको अनुमगन गरिँदै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली 
बागलुङ (गलकोट), पुस १ गते ।
जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारका विभिन्न पसल तथा उद्योगहरुको अनुमगन गरको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायको नेतृत्वमा बागलुङ नगरपालिकाको कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, प्रहरी कार्यालयको रोहबरमा संयुक्त अनुगमन गरिएको छ । अनुगमनमा नगपालिकाका अधिकृत सरस्वती रेग्मी, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।

बागलुङ बजारको धौलागिरी कँडेल प्लाष्टिक, झुलेनी दूध डेरी, सगुन बर्दश, आरके ट्रेडर्स र मनसुन दालमोट उद्योगमा अनुगमन गरिएको थियो ।

अनुमगनका क्रममा धौलागिरी कँडेल प्लाष्टिकमा मिति गुज्रेको  ११ बट्टा घ्यू, झुलेनी दूध डेरीबाट मिति गुज्रेको पाँच बोतल कोकाकोला र आरके  टेड्र्सबाट बेसन पाउडर बरामद गरी नष्ट गरिएको छ । व्यवसायीहरुलाई सचेत गराउनका लागि अनुगमन गरिएको बताउदै जिल्ला प्रशासनका  बागलुङले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने र मिति गुज्रेका अखाद्य बस्तु बिक्री गर्नेलाई कारबाही गर्ने बताइएको छ ।