• १७ कात्तिक २०८१, शनिबार

रघुनाथ पोखरीमा छठ पर्वको तयारी

blog

लहान–३ रघुनाथ पोखरीमा छठघाट निर्माण कार्य हुँदै । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, कात्तिक १७ गते । दिपावली पर्व सकेलगतै मनाइने छठ पर्वको लागि पोखरी नदी ताल तलैयामा घाटको तयारी थालिएको छ । लहान–३ स्थित रघुनाथपुर पोखरी घाटलाई सजाउन तयारी सुरु गरिएको छ ।  

छठघाट तयारी समितिका अध्यक्ष भुवनेश्वर महतोका अनुसार दुई सयभन्दा बढी घाट निर्माण कार्य दिनरात लागेर आधा दर्जन टेन्टका कामदार काम गरिरहेका छन् । पोखरीमा छठ देउताको मूर्ति निर्माण कार्य पनि भइरहेको छ । प्रतिघाट सात सयदेखि बढीमा पन्ध्र सयसम्म लिइने घाट सुरक्षितका लागि दिपावलीभन्दा पहिलेदेखि नै छठ पूजा गर्ने भक्तजनको चाप रहेको अध्यक्ष महतोले बताउनुभयो ।

अब घाट उपलब्ध गराउन नसकेर भक्तजनहरुलाई खुटी खोला र आफ्नै गाउँ ठाउँको पोखरीमा छठ गर्न फर्काउनु परिरहेको उहाँले बताउनुभयो । लहान –३ को रघुनाथपुर पोखरी र लहान नगरपालिकाका स्थानीय पोखरीको सजावट कार्य भइरहेको छ ।

लहान बजार क्षेत्रमा पर्ने वडा ४, ५, ६, ७, ८, ९ र १० नम्बरका हजारौ भक्तजन खुटी खोलामा छठ पर्व मनाउन सरसफाइ गरी घाट सुरक्षित गर्नका लागिपरेको लहान नगरपालिकाले जनाएको छ । 

नगरप्रमुख महेशप्रसाद चौधरीले भन्नुभयो, ‘छठघाट निर्माणका लागि सघाउन र सरसफाइ गर्नका लागि सरसफाइकर्मी ट्याक्टर र अन्य साधन खटाएको छ । छठ पर्वमा बजार क्षेत्रका भक्तजनको ठुलो संख्यामा खुटीमा हुने छठघाट निर्माणको कार्य भइरहेको छ । छठ पर्वमा घाट निर्माणको लागि चाहिने आवश्यक सहयोग वडा कार्यालयको माध्यमबाट भइरहेको र थप सहयोग गरिनेछ ।’

सिरहाको खुटी बलान, गागन कमला घुर्मी लगायतका स्थलहरुमा छठ पर्वको तयारीको लागि घाट निर्माणका जुटि सकेका छन् । छठ पर्वको छठ घाटमा के गरवि के धनी दलित मधेशी पहाडी र मुस्लिम समुदाय समेत छठ पर्वमा सहभागिता जनाउने जिल्ला समन्वय समितिका प्रमुख दिनेशकुमार मतहतोले बताउनुभयो ।