• १० मंसिर २०८१, सोमबार

तोरी फुलेर बारी पहेँलै

blog

स्थानीयको खेतमा फुलेको तोरी । तस्रबिर : मेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक १८ गते । गुल्मीका विभिन्न स्थानका किसानले बारीमा लगाएको तोरी फुलेर पहेँलै भएको छ । यहाँका किसानले लगाएको तोरी फुलेर बारीको अत्यन्तै सुन्दर दृश्य देखिएको छ । 

फुलेर पहेँलै भएको तोरी पाकेपछि विभिन्न स्थानका किसानले घरमा भित्र्याएसँगै तेल पेल्ने गर्छन् । यहाँका किसानले तोरीबाट निकालेको तेल घरमै प्रयोग गर्नुका साथै बिक्री समेत गर्दैआएका छन् । खेतबारीमा तोरी फुलेपछि यहाँको वातावरण रमाइलो देखिएको छ ।