चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकका ३० वर्षीय विवेक भण्डारीको भीरबाट लडेर मृत्यु भएको हो ।
सोही गाउँपालिका वडा ५ पेदाङको याङ्पाङ भीरबाट लडेर भण्डारीको मृत्यु भएको हो । तेल्लाकका स्थानीय अर्जुन भट्टराईका भण्डारी काम विशेषले बुधबार पेदाङतर्फ जानुभएको र उहाँ नफर्किएपछि खोजी गर्ने क्रममा याङ्पाङ भीरमा मृत अवास्थामा भेटिनुभएको हो ।
यता घटनाबारे खबर हुनेवित्तिकै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारीसमेत रहनुभएको प्रहरी निरीक्षक विवेक बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । प्रहरी टोली फर्किएपछि मात्र घटनाबारे विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।