पहिरोले मेची राजमार्ग अवरुद्ध
फुङ्लिङ नगरपालिका–८, दोखुस्थित खोक्सेखोला नजिक वैशाखे भिरमा खसेको सुक्खा पहिरोले मेची राजमार्ग अवरुद्ध बनेको छ। ठुलाठुला चट्टानसहित खसेको पहिरोले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड अवरुद्ध बनेको हो। बिहीबार बिहान २ बजेतिर सुक्खा पहिरो खसेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिनुभयो। उहाँका अनुसार करिब ३० मिटर दुरीभित्र पूरै सडक ढाक्ने गरी खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको हो। सडकमाथिबाट खसेको सुक्खा पहिरो हटाउने कार्य बिहानैदेखि सुरु गरिएको थियो।
मेची राजमार्गमा उन्नाइस घण्टापछि यातायात सुचारु
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्सेखोला नजिक वैशाखे भीरमा खसेको सुख्खा पहिरोका अवरुद्ध बनेको मेची राजमार्ग उन्नाइस घण्टापछि खुलेको छ । सुख्खा पहिरो खसेर बिहीबार बिहानको राति २ बजेदेखि अवरुद्ध बनेको मेची राजमार्ग राति ९ बजेपछि खुलेसँगै यातायात सुचारु भएको हो ।
अत्याधुनिक गाई फार्ममा रमाउँदै गिरिराज
नेपाल वायु सेवा निगम र बुद्ध एयरको प्रशासन क्षेत्रमा ३० वर्ष काम गरेर अवकाश लिएका ५६ वर्षीय गिरिराज बस्नेत यति बेला मोरङको कटहरी–७, थलाहाको तकियामा अत्याधुनिक गाई फार्म सञ्चालन गरिरहनुभएको छ । जागिरबाट अवकाश लिएपछि उहाँले होटल सुरु गर्नुभयो । विराटनगरमा सुरु भएको होटल एसिया टिक राम्रो चलेको थियो । जब कोराना सुरु भयो, होटल व्यवसाय थिलथिलो भयो । त्यसपछि बस्नेतले उत्पादनसँग जोडिएको व्यवसायको सपना बुन्न थाल्नुभयो । पूरै दुई वर्ष अध्ययन गरेपछि उहाँले ग्रिन यार्ड एग्रो फार्म दर्ता गर्नुभयो र अत्याधुनिक प्रविधिबाट गाई, भैँसी, माछा र बाख्रापालन सुरु गर्नुभयो ।
घर आगलागी हुँदा लाखौँको क्षति
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा एकघरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो
तेह्रथुमको आठराई गाउँपालिका –६, चुहानडाँडामा मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको निधन भएको छ ।निधन हुनेमा आठराई गाउँपालिका –३, ह्वाकुका ३० वर्षीय नवीन थिङलाबु रहेको इलाका प्रहरी कार्यालय चुहानडाँडाले जनाएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्रीको नियुक्ति बदर, नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश
सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।
जिप्रका सुनसरीमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालन
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आउने सेवाग्राहीको सहजताका लागि राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालनमा ल्याएको छ ।
हिसेडोमाको निधनले गाउँ शोकमय
सवारी दुर्घटनामा परी घाइते हुनुभएकी ताप्लेजुङ पापुङकी हिसेडोमा शेर्पाको निधनले गाउँ शोकमय बनेको छ । झापाको बीएनसी अस्पतालमा उपचारका क्रममा २६ वर्षीया शेर्पाको बिहीबार बिहान मृत्यु भएपछि मिक्वाखोला गाउँपालिका –५ पापुङको सिम्बुक गाउँ शोकमय बनेको हो ।
घरमा खानेपानीको धारा पुगेपछि स्थानीय हर्षित
सिद्धिचरण नगरपालिका–१ तलुवाको सुख्खा क्षेत्र बारचाँदेमा खानेपानीको सुविधा पुगेको छ । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीयमा खुसीयाली छाएको छ ।