• २२ वैशाख २०८१, शनिबार

भ्रष्टाचार छानबिन होस् : भट्टराई

blog

दमक समाचारदाता

दमक, भदौ १३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता विशाल भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापाको गिरीबन्धु टी स्टेटको विषय मात्र नभई अहिलेसम्म सार्वजनिक  सबै भ्रष्टाचारलगायतका विभिन्न काण्डको निष्पक्ष छानबिन गर्दा कुनै आपत्ति नहुने बताउनुभएको छ ।

प्रेस चौतारी क्षेत्रीय समिति दमकले मङ्गलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सत्यतथ्य छानबिन गर्दा आफूहरूलाई कुनै समस्या नरहेको बताउनुभएको हो । “अहिलेसम्म जति काण्डहरू सार्वजनिक भएका छन् ति सबै विषयमा छानबिन गर्दा हाम्रो असहयोग होइन सहयोग रहन्छ,” उहाँले भन्नुभयो, “जति विषय सार्वजनिक भएका छन्, बाहिर आएका आएका छन् छिटो छानबिन होे्स भन्ने हाम्रो चाहना हो ।” 

पार्टीले खटाएर वा अह्राएर कसैले पनि भ्रष्टाचारलगायतका अनैतिक काममा नगरेको भन्दै कसैले गरेको भए उनीहरू कारबाहीको दायरामा आउनु पर्नेमा उहाँको जोड थियो । जनतामा तीब्र निराशा छाइरहेको समयमा जनतालाई भ्रमित बनाउने तवरले मात्र सरकारले यस्ता विषय उठाएको बताउँदै उहाँले देश बनाउने विषयमा छलफल र बहस भएको छैन भन्नुभयो । सरकार गिराउन र बनाउन दगुर्ने प्रवृतिका कारण मूलक पछि परेको छ, उहाँको भनाइ थियो । एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीले जनताको घरदैलोमा पार्टी पुग्ने काम गरिरहेको  बताउनुभयो ।