• १४ मंसिर २०८१, शुक्रबार

पुलमा कार छाडेर डा. प्रज्जवल कोइराला सम्पर्कविहीन

blog

हरि कोइराला 

उर्लाबारी, भदौ ११ गते । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत डाक्टर प्रज्जवल कोइराला सुनसरी र उदयपुरको सीमा भएर बग्ने सप्तकोशीको पुलमा आफ्नो सवारी साधन छोडेर सम्पर्कविहीन हुनुभएको छ । 

आइतबार ४:०० बजेसम्म अस्पतालका बिरामीको चेकजाँचमा संलग्न डाक्टर कोइराला राति १२:०० बजे सप्तकोशी पुलमा पुगेको सिसिटिभी फुटेजमा देखिन्छ । मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरका कर्मचारी केशव न्यौपानेका अनुसार जनरल सर्जन कोइराला साउन २९ गते मात्र करारमा नियुक्ति हुनु भएको थियो ।  

झापाको दमक १ स्थायी घर ३१ वर्षीय कोइराला अविवाहित हुनुहुन्थ्यो । उता जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार डाक्टर कोइरालाले चढ्ने प्रदेश १.०२.००२ च ४१६६ नम्बरको कार सप्तकोशी पुलको पश्चिमतर्फ रोकिराखेको अवस्थामा छोडिएको छ । जुत्ता र मोबाइल पनि कारको छेउमा सडक किनारमा फेला परेको चौधरीले बताउनभयो ।