वराहक्षेत्र नगरपालिकाले सप्तकोशी क्याम्पसलाई बस दिने
वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा रहेको एक मात्र क्याम्पस सप्तकोशी बहुमुखी क्याम्पसलाई कलेज बस उपलब्ध गराउने भएको छ ।
पर्यटन प्रवर्द्धन सक्रिय ताप्लेजुङका स्थानीय तह
जिल्लामा रहेका पर्यटकीय सम्पदाहरूको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा जोड दिएका छन् ।
माटोको भाँडा बनाउन भ्याइनभ्याई
चौठीचान्द अर्थात् चौरचन पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउने कार्यमा इनरुवाका कुम्भकारहरूलाई यतिबेला भ्याइनभ्याई छ ।
विपन्न परिवारलाई सुरक्षित आवास अझै बनेनन्
सङ्घीय सरकारले अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न २०७६ सालमा मोरङको सुनवर्षी-८ कुरेलीमा निर्माण सुरु गरेका २० वटा घर अझै बनेका छैनन्।
'टी टेस्टिङ' अनुसन्धान केन्द्र निर्माण
विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारको लागानीमा कन्याममा 'टी टेस्टिङ्' सहितको अनुसन्धान केन्द्र निर्माण कार्य सम्पन्न भएको हो ।
कर्मचारीकाे विराेधमा वडाध्यक्षहरू आन्दोलित
झापाको मेचीनगर नगरपालिकाका कर्मचारीविरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । वरियताको विषयमा कर्मचारीहरूबिच विवाद हुँदा त्यसको असर वडाका योजनाहरूमा परेको र उपभोक्ता समितिहरू समेत प्रत्यक्ष मारमा पर्दा काम प्रभावित भएको भन्दै वडाध्यक्ष सहितका जनप्रतिनिधिहरू आन्दोलनमा उत्रेको पाइएको हो ।
गत वर्ष पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी सङ्कलन
प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो ।
एकतर्फी पार्किङ प्रभावकारी
दमकको मुख्य चोक तथा बजार क्षेत्रमा सडकको एकतर्फी पार्किङ प्रभावकारी बनेको छ । सहरीकरणका कारण पार्किङ समस्या भएपछि नगरपालिकाले महिनाको आधा समय एकतर्फी र अर्को आधा समय अर्कोतर्फ पार्किङ गर्ने निर्णय गरेर भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको छ ।
समयमै गौरवका आयोजना सम्पन्न
प्रदेशको गौरव आयोजनाका रूपमा हेरिएको सुरुङ्गा झापा अमरपथ सडकखण्ड अन्तर्गतको सुरुङ्गा चप्रामारी सडकखण्ड निर्धारित समय सीमाभन्दा अघि नै निर्माण सम्पन्न भएको छ ।
इटहरी फाइनलमा
जुट विकास फुटबल एकेडेमी सुनसरीको इटहरी ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलमा मोरङको पथरी–११ फुटबल क्लबलाई ट्राई बेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरी फाइनलमा पुगेको हो ।
गबारो र फौजी कीराले धानबाली सखाप
झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् ।
अलैँचीको मूल्य दोब्बर
ताप्लेजुङमा नयाँ अलैँची यसवर्ष दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।
वार्षिक तिस हजार मेट्रिक टन विषादी प्रयोग
खाद्यान्न र तरकारी बाली उत्पादनका लागि उर्वर भूमि मानिने सुनसरी जिल्लामा पछिल्लो समय तरकारी, धान, मकै, गहुँलगायतका अन्नबालीमा विषादीको प्रयोग बढी हुने गरेको छ ।
सुकेटारमा तीन महिनापछि उडान सुरु
ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब तीन महिनापछि उडान सुरु भएको छ । मौसममा सुधार आएसँगै नेपाल वासु सेवा निगमले सोमबारदेखि सुकेटारमा उडान सुरु गरेको हो ।
गैर नागरिकलाई नागरिकता प्रदान गर्ने वडाध्यक्ष पक्राउ
झुटा विवरण पेस गरी गैर नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने झापाको भद्रपुरका एक पूर्व जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । भद्रपुर नगरपालिका वडा नं. ९ का पूर्व वडा अध्यक्ष ५२ वर्षीय शनिलाल राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।
पूर्ण इजलासमा सुनुवाइ हुने
कोशी प्रदेश सरकारको विश्वासको मतसम्बन्धी विवादको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा पेस हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुषमालता माथेमाको संयुक्त इजलासले मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश गरेको हो । अब कम्तीमा तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ हुने छ ।
ताप्लेजुङ गोल्ड कपमा सेमिफाइनलका खेल आजदेखि
ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत सोमबार आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदै छ । गत बिहीबारदेखि जारी प्रतियोगिताको क्वार्टर फाइनल चरणका खेलहरू सम्पन्न भएसँगै सेमिफाइनलका खेलहरू हुने भएको हो ।
कोशी नियन्त्रण मुख्य प्राथमिकतामा छ
बेलका नगरपालिका उदयपुर जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र भएको नगरपालिका हो । चुरे, भित्री मधेश र पहाड गरी तीन किसिमको भौगोलिक बनावट रहेको यो नगरपालिका ३४४.७३ वर्ग किलोमिटरमा फैलिएको छ ।
स्थानीयले गरे प्रवेश मार्ग बन्द
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृह क्षेत्रको प्रवेश मार्ग स्थानीयले बन्द गरिदिएका छन् । प्रवेश मार्ग (सडक) निर्माण गर्दा जग्गाधनीले पाउनुपर्ने मुआब्जा नपाएको भन्दै स्थानीयले शनिबारदेखि सडक बन्द गरेका हुन् ।
चिया बगान र कारखाना बन्द गर्ने चिया श्रमिकको घोषणा
चिया श्रमिकहरुले भदौ १८ गतेदेखि सम्पूर्ण चिया बगान र कारखाना बन्द गर्ने भएका छन् ।
संवादमार्फत सीमा विवाद सुल्झाउँछौँ : परराष्ट्र मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले कूटनीतिक संवादको माध्यमबाट सरकारले छिमेकी देशसँगको सीमा विवाद सुल्झाउने बताउनुभएको छ ।
कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ।
चुलाचुली गाउँपालिका कालाेपत्रे सडक सञ्जालले जोडिँदै
पूर्व पश्चिम लोकमार्गको करिब पाँच सय मिटरमाथि रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा पूर्वाधार विकासले फड्को मार्न सुरु गरेको छ ।
दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ ।