• २३ वैशाख २०८१, आइतबार

कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा

blog

काठमाडौं, भदौ १७ गते । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ। 

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालसले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । 

भदौ ४ गते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद् चलाएका इस्राइल मन्सुरीले विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको हो । 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।