खाद्यमा स्वच्छता र गुणस्तर कायम गर्न पहल
बजारमा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न दमक नगरपालिकाले पहल सुरु गरेको छ । खाद्य पदार्थ उत्पादन, प्रशोधन वा बिक्री वितरण गर्ने व्यवसायीहरू र उपभोक्ताहरूलाई नगरपालिकाले सचेत गराउन सुरु गरेको हो ।
सामुदायिक विद्यालयले दिवा खाजा पकाएरै खुवाउनुपर्ने
इटहरी उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई दिवा खाजा विद्यालयमै पकाएर खुवाउनुपर्ने अनिवार्य नियम उपमहानगरले लगाएको छ ।
जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ
इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुग्नुभयो ।
बाँसका सामग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन् ।
कोशी नदी : कसैको उठिबास, कसैको आयस्रोत
कोशी कसैका लागि त्रास बनेको छ भने कसैका लागि जीविकाको आधार। वर्षायामको चार महिना कोशीमा आउने बाढीका कारण कोशी कोरिडोर आसपासका बासिन्दा त्रासले निदाउँदैनन्। कोशीबाट दाउरा निकालेर जीविका चलाउँदै आएका भने कोशीको बाढीसँगै बगेर आउने दाउरा, काठ निकाल्ने चटारोले निदाउँदैनन्।
खेतीका लागि बर्खामा आकासे पानीको जोहो
धनकुटाको चौबिसे गाउँपालिका–३, बन्दुके डाँडाका लोकेन्द्रकुमार याक्खालाई बर्खाको पानी जम्मा गर्न भ्याइनभ्याइ छ । यो बर्खा सकिँदासम्म उहाँले ३४ लाख लिटर पानी जम्मा गर्नुपर्ने बाध्यता छ । हिउँदमा पानीको जोहो नहुने भएकाले कृषिकर्मका लागि उहाँले बर्खामा आकाशबाट परेको पानीलाई जमिनमा निर्माण गरिएका प्लास्टिक पोखरीमा जम्मा गर्नु पर्छ । त्यसैले उहाँ अहिले पानी परेको बखत बारीमा परेको पानी भल काटेर पोखरीमा जम्मा गर्न व्यस्त हुनुहुन्छ । “बर्खामा पानी जम्मा गर्न सकिएन भने हिउँदमा पानीको जोहो गर्न सकिन्न, लगाएका बोटबिरुवा सबै मर्छन्,” उहाँ भन्नुहुन्छ ।
मानसिक रोगीको निःशुल्क उपचार
जिल्लाको मानेभन्ज्याङ गाउँपालिकाका ६० जना मानसिक बिरामीको निःशुल्क उपचार गरिएको छ । मानेभन्ज्याङ गाउँपालिका तथा मानसिक स्वास्थ्य मनोपरामर्श केन्द्र (सिएमसी) नेपालको संयुक्त आयोजनामा मानसिक रोगीहरूका लागि निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
खानेपानी धाराका लागि पाइप वितरण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका –४ इखाबुको बिपुधाप टोलका बासिन्दालाई पाइप वितरण गरिएको छ । पानीको समस्या रहेको बिपुधाप टोलमा खानेपानी व्यवस्थाका लागि गाउँपालिकाले पाइप वितरण गरेको हो ।
अनुमति बिनै स्वास्थ्य क्लिनिक र फार्मेसी सञ्चालनमा
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जिल्लाका १२ वटा पालिकाहरूमा रहेका स्वास्थ्य सेवा दिने निजी क्लिनिक र फार्मेसीहरूको विवरण माग गरेपनि पालिकाहरूले उपलब्ध नगराउँदा अनुमति बिनै सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक र फार्मेसीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिएको छैन ।
दुर्गम वडाको सेवा काठमाडौँमै
खोटाङको रावाबेसी गाउँपालिका-४ डुम्रेधारा पानीका नागरिकले सङ्घीय राजधानी काठमाडौँमै वडाको सेवा पाएका छन् । डुम्रेधारा पानी स्थायी ठेगाना भएर विभिन्न कामले काठमाडौँ बस्दै आएका नागरिकलाई जनप्रतिनिधि र कर्मचारीले उहीँ पुगेर वडाको सेवा प्रदान गरेका हुन् ।
नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा राष्ट्रिय शोक प्रकट गर्न देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेम्वाङको निधनपछि इलाममा शोक बिदा
संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै इलामको रोङ गाउँपालिकाले आज (मङ्गलबार) शोक बिदा दिएको छ ।
नेम्वाङको निधनप्रति अध्यक्ष ओली भावुक, ‘सुवासजी मेरो सुख दुःखको साथी’
नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति अध्यक्ष केपी शर्मा ओलीले भावुक हुँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
साठी छोराछोरीकी एक्ली आमा
उनीहरूलाई न दसैँ आउँछ न तिहार, सानातिना पर्व त वर्षभरि कति आउँछन्, जान्छन्; वास्तै हुँदैन । ती पर्वले न उनीहरूलाई जगाउँछ, न त आफन्तसँग जोड्छ । पुराण, अनुष्ठान, पूजा सहरभरि भइरहन्छन् तर कसैले खबर गर्दैनन् ।
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ । उहाँ विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आउनुभएको थियो ।
चार्जिङ स्टेसनले सहज
मोरङको बेलबारी–३ का गोपीराज राई विराटनगर–काँकडभिट्टा रुटमा यात्रुवाहक सवारी सञ्चालन गर्नुहुन्छ । गाडीको मालिक र चालकसमेत रहेका राई विराटनगरको चार्जिङ स्टेसनमा चार्ज गरेर काँकडभिट्टासम्मको यात्रा गराउने विद्युतीय सवारी चलाउनुहुन्छ । देशभर र कोशी प्रदेशका मुख्य मुख्य स्थानमा चार्जिङ स्टेसन निर्माण अन्तिम प्रव्रिmयामा पुगेपछि चार महिनाअगाडि राईले ४५ लाख मूल्यमा विद्युतीय यात्रुवाहक सवारी खरिद गर्नुभएको हो ।
अस्ताए सुवास : प्रधानमन्त्रीसहितका नेता शिक्षण अस्पतालमा
संविधान लेखनमा अतुलनीय योगदान पुराउनु भएका संविधान सभाका अध्यक्ष सुवास नेम्बाङको ७१ वर्षको उमेरमा निधन भएको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुग्नु भएको छ ।
संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।
गौहत्या नियन्त्रणको माग गर्दै सद्भाव र्याली
धार्मिक सहिष्णुता कायम राख्दै गौहत्या र गौतस्करीको नियन्त्रणको मागसहित झापाको दमकमा शान्तिपूर्ण सद्भाव र्याली प्रदर्शन गरिएको छ । ओमकार परिवारको नाममा आइतबार अपरान्ह दमक र्याली ले नगर परिक्रमा गरेको थियो ।
इखाबुका पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिबार वर्षासँगै गएको पहिरोका कारण घर क्षतिग्रस्त भएका र जोखिममा परेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
देशबाहिर रहेका लाखौँ युवाको भविष्य खोज्दैछु : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ ।
पथरीशनिश्चरे प्रिमियर लिगको अक्सनमा २३२ खेलाडी
चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अक्सनका लागि २३२ खेलाडी दर्ता भएका छन् । विभिन्न ३ ‘क्याटोगरी’ मा खेलाडी दर्ता भएका हुन् ।
वर्तमान सत्तासाझेदार गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबिचको गठबन्धन पाँच वर्ष टिक्ने बताउनुभएको छ ।
ताप्लेजुङ अस्पतालको आइसियु उपकरण प्रयोगविहीन
कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसियु) का लागि व्यवस्थापन गरिएको उपकरण प्रयोगविहीन छन् ।