सीमावर्ती पशुपतिनगर–मानेभञ्ज्याङ सडक निर्माण
इलामको नेपाल–भारत सीमावर्ती पशुपतिनगर–मानेभञ्ज्याङ जोड्ने सडकको निर्माण सम्पन्न भएको छ ।
संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ ।
प्रहरी चौकीलगायत दर्जन बस्ती डुबानमा
केही दिनदेखि परेको वर्षाका कारण सुनसरी र मोरङ जिल्लाका एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्। बाढीका कारण मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि तीन परिवार विस्थापित भएका छन्। अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो। सिङ्घिया खोलामा आएको बाढीले घरटहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएका परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ।
बालविवाह गरेका पचासी प्रतिशत पछुताउँदै
उमेर नपुगी विवाह गरेका अधिकांश व्यक्ति अहिले शारीरिक र मानसिक पीडामा रहेका पाइएको छ। महिला सशक्तीकरण स्रोत केन्द्र र युवा महिला सञ्जाल उदयपुरले यस जिल्लाका आठ वटा स्थानीय तहमा उमेर नपुगी भएकोे विवाहपछिको जीवन भोगाइमा आधारित रहेर गरेको खोजमूलक अध्ययनमा यस्तो तथ्य फेला परेको हो।
तेह्रथुममा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, चार घाइते
तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको हो।
सिस्नोको ब्रान्डिङ गर्दै रोङ गाउँपालिका
स्थानीय खोलाखोल्सामा पाईने सिस्नो बजारमा पुर्याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले सिस्नोको ब्राण्डिङ गर्न सुरु गरेको हो ।
आठराई त्रिवेणीमा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सुरु गरिएको छ। सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वास्थ्यकर बनाउनमा सहयोग पुर्याउने उद्देश्यसहित गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो।
ताप्लेजुङमा ग्यास र पेट्रोलियम पदार्थको अभाव
बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो ।
कोशी ब्यारेजमा ट्रक खस्यो
ब्यारेको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नंको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे७प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ ।
धनकुटाका अधिकांश माछा पसल मापदण्डविपरीत
धनकुटामा अधिकांश माछा पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले बिहीबार आयोजना गरेको संयुक्त अनुगमनको क्रममा यस्तो पाइएको हो ।
पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् । विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन् ।
पर्यटन र पूर्वाधार विकासलाई वर्तमान सरकारले जोड दिन्छ: मन्त्री सुनुवार
कोशी प्रदेशका मन्त्री तथा प्रवक्ता प्रदीप कुमार सुनुवारले पर्यटन र पूर्वाधार विकासलाई सरकारले जोड दिने बताउनुभएको छ ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु एक घाइते
मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते हुनुभएको छ ।
भविष्यका लागि बाल बचत गर्दै वडा कार्यालय
इलाम नगरपालिका –४ ले यो वर्ष जन्मिएका नवजात शिशुहरुको नाममा बैंक खाता खोलेर रकम जम्मा गर्न सुरु गरेको छ । वडाले आर्थिक वर्ष २०७९–८० मा गएको साउन १ गते यता जन्मिएका ३२ नवजात शिशुहरुको नाममा बैंक खाता खोलेको हो ।
वर्षाले झापाकाे जनजीवन प्रभावित
कनकाई माईमा आएको बाढीका कारण झापा गाउँपालिकाको वडा नं १ र २ का ६४ घर डुबानमा परेका छन् ।
डिभिजन वन कार्यालयको शतप्रतिशत प्रगति
डिभिजन वन कार्यालय ताप्लेजुङले आफ्नो क्रियाकलापमा शतप्रतिशत प्रगति गरेको छ। वन कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० को भौतिक तथा वित्तीय क्रियाकलापमा शतप्रतिशत प्रगति हासिल गरेको हो।
मेची राजमार्ग पुन: अवरुद्ध
हेवा खोलामा आएको बाढीले डाइभर्सनको सतह पार गरेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक पुन: अवरुद्ध भएको छ ।
मोलुङका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण
मोलुङ गाउँपालिकाका १५ जना भूमिहीन सुकुसम्बासीलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान गरिएको छ ।
धान खेती प्रवर्द्धनका लागि 'राइस मिल मोडल कार्यक्रम'
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यन्वयन एकाइ झापाले पहिलो पटक झापाको मेची नगरस्थित मेची कृषक बहुमुखी सहकारी संस्थामार्फत यो कार्यक्रम सुरु गरेको हो ।
भारतीयहरू नागरिकता लिन आएपछि वितरणमा कडाइ
बुबाको पनि नागरिकता छ । त्यसको १० वर्षपछि आमाले पनि नागरिकता लिएको देखिन्छ । नागरिकता लिएको दुई दिनपछि एउटा जग्गाको टुक्रा पनि किनेको प्रमाण छ ।
विपन्न परिवारलाई घर
मोरङको कानेपोखरी गाउँपालिकाले थप ८ विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्ने भएको छ ।
व्यावसायिक बाख्रापालनतर्फ आकर्षण
ओखलढुङ्गाका किसान पछिल्लो समय बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरू आधुनिक बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका हुन् । परम्परागत शैलीमा बाख्रा पाल्दै आएका चम्पादेवी गाउँपालिका–१, पलापु डाँडागाउँका गोपाल श्रेष्ठले अहिले बाख्रा पाल्ने खोरको व्यापक सुधार गर्नुभएको छ । आधुनिक खोर बनाई बाख्रा पाल्दा राम्रो वृद्धि भएको श्रेष्ठले बताउनुभयो ।
कोशी प्रदेशमा बढ्यो दुध उत्पादन
असार, साउन र भदौ बजारमा सबैभन्दा धेरै दुध अभाव हुने महिना हुन् । चैत महिनादेखि नै दुधको उत्पादन क्रमशः घट्दै गएर असारदेखि भदौसम्म चरम अभाव हुने गर्दथ्यो । दुध उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएका डेरी उद्योगले चैत महिनादेखि नै पाउडर घोलेर बजारको माग पूर्ति गर्ने गरेका थिए तर यस वर्ष कोशी प्रदेशको अवस्था ठिक विपरीत देखिएको छ । दुधको उत्पादन घट्ने अनुमानविपरीत झन्डै दोब्बरले बढेपछि किसानले उत्पादन गरेको दुध बिक्री हुन छोडेको छ ।