विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : अध्यक्ष लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताउनुभएको छ ।
कोशीमा डेङ्गुको प्रकोप बढ्दो
कोशी प्रदेशमा डेङ्गुको सङक्रमण बढ्दो छ। स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामीको सङ्ख्या कोशी प्रदेशमा दिन प्रतिदिन बढिरहेको छ। यो वर्ष अहिलेसम्म कोशी प्रदेशमा ३५७ जनामा डेङ्गुका बिरामी फेला परिसकेका छन्। निर्देशनालयका अनुसार साउनको पहिलो सातासम्म ३५७ जना सङ्क्रमित फेला परेका हुन्। यो तथ्याङ्क अघिल्लो वर्षको तुलनामा निकै उच्च हो। अघिल्लो वर्ष यो अवधिमा जम्मा ४२ जना मात्रै सङ्क्रमित फेला परेको कार्यालयको स्वास्थ्य अधिकृत विवेचना चौलागाईले बताउनुभयो। स्वास्थ्य निर्देशनालयले विभिन्न सचेतना कार्यक्रमसहित परीक्षणका लागि किट व्यवस्थापनलगायतका कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो।
धरानमा गोली प्रहारबाट एक युवकको मृत्यु
कोशी राजमार्गको धरान इटहरी सडक खण्डको सेउती पुलमा अज्ञात समूहको गोली प्रहारबाट शुक्रबार एक जनाको मृत्यु भएको छ ।
झापामा एक वर्षमा हात्तीको आक्रमणमा ८ जनाको मृत्यु
झापामा मानव हात्तीको द्वन्द्व बढ्दो रूपमा जाँदा बर्सेनि हात्तीको आक्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।
सय रुपियाँ बढीको सामानमा भन्सार
भारतबाट नेपाल ल्याएको सामान बाहिर भेटिएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारबाही हुने जानकारी दिइएको छ ।
'आरसीसी प्रकोपाइन' प्रविधिबाट खोला नियन्त्रण
झापामा पहिलो पटक ‘आरसीसी प्रकोपाइन’ प्रविधिबाट खोला नियन्त्रणको प्रयास गरिएको छ ।
धनकुटामा नगरकार्यपालिका सदस्यलाई समेत बजेट
संसद विकास कोषकै झल्को दिने गरि धनकुटा नगरपालिकाले आफ्ना कार्यपालिका सदस्यको लागि समेत रकम विनियोजन गरेको छ ।
महानगरका ८८ प्रतिशत मुद्दा फर्स्यौट
विराटनगर महानगरपालिकाको न्यायिक समितिमा साँध सिमानासम्बन्धी विवादका उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । दर्ता भएका मुद्दाको ८८ प्रतिशत फर्स्यौट भएको बताइएको छ ।
पर्यटकका लागि सूचना केन्द्र र ट्याक्सी पार्क
पर्यटकहरुलाई सुविधा दिने उद्देश्यले इलामको सीमावर्तीबजार पशुपतिनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । सूचना केन्द्रसँगै ट्याक्सी पार्क समेत निर्माण गरिएको छ ।
बालिकामा डेंगी सङ्क्रमण पुष्टि
ओखलढुङ्गामा एक बालिकामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको मोलुङ गाउँपालिका –१ कि बालिकामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।
कोशी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्याे
स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार डेङ्गुका बिरामीको सङ्ख्या कोशी प्रदेशमा दिन प्रतिदिन बढिरहेको छ ।
आधुनिक कृषि खेतीले फेरियो जीवन
आधुनिक कृषि खेतीले खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का किशोर राईको जीवन फेरिएको छ। परम्परागत खेतीलाई छाडेर आधुनिक खेती सुरु गरेपश्चात राईको जीवन फेरिएको हो। आमा सञ्चहिरा राईले सुरु गरेको कृषि खेती अहिले छोरा किशोरले सम्हाल्नु भएको छ। तर खेती गर्ने तरिका भने फरक छ।
करोडौं ठगेर फरार एक जना काँकडभिट्टाबाट पक्राउ
सुन पसलमा आउने ४६६ जना ग्राहकको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी सोमराज विक बिहीबार साँझ काँकडभिट्टाबाट पक्राउ परेका छन्।
यु-१६ समूहको प्रतियोगिताका लागि खेलाडी छनोट सुरु
दक्षिण एसियाली फुटबल महासंघ(साफ) को आयोजनामा सञ्चालन हुने यु-१६ समूहको प्रतियोगितामा सहभागी जनाउन सुनसरी जिल्ला फुटबल संघले खेलाडी छनोट प्रक्रियालाई अगाडि बढाउने भएको छ ।
डेङ्गुको रोकथामका लागि लार्भा नष्ट अभियान सुरु
वराहक्षेत्र नगरपालिकाले डेङ्गु रोकथामका लागि नगरका ११ वटै वडामा लार्भा सर्च एण्ड डिस्ट्रोय (खोज नष्ट गर) अभियान सुरु गरेको छ ।
विमानस्थल क्षेत्रको काठ बिक्रीबाट तीन करोड आम्दानी
उदयपुरमा सगरमाथा आन्तरिक विमानस्थल निर्माण गर्नका लागि करिब १४ हजार सखुवाका रुखहरू कटान सम्पन्न गरी काठ दाउरा बिक्री गर्न सुरु गरिएको छ ।
संरचना बन्यो, उपयोग भएन
सुनसरी र मोरङका किसानले उत्पादन गरेको तरकारीको थोक बिक्री गर्ने उद्देश्यले चार वर्षअघि निर्माण गरिएको आधुनिक बिक्रीस्थल उद्देश्य अनुसार सञ्चालन नहुँदा साप्ताहिक हाट (हटिया) लाग्ने स्थलमा परिणत भएको छ। सरकारले फलफूल तथा तरकारी बजार सञ्चालनमा गम्भीरता नदेखाएको र स्थानीय व्यापारीहरूको विश्वासआर्जन गर्ने गरी पहल नगरेका कारण करोडौँ लगानी गरेर निर्माण गरेको थोक बजार उपयोगविहीन छ। बजारमा थोक व्यापारीहरू आउन नमानेपछि किसानहले पनि आफ्नो उत्पादन अन्यत्रै लगेर बेचिरहेका छन्।
खोला नियन्त्रण गर्न वृक्षरोपण
मेचीनगर वडा नं. ४ मा नेपाल र भारतको सीमा मेची खोलाले नेपालतर्फ तीव्र कटान गरेपछि स्थानीय बासिन्दा कटान रोक्न सक्रिय भएका छन्। खोलाधारको कटान रोक्दै खोलालाई दीर्घकालीन रूपमा रोक्न टेवा पुग्ने किसिमका बोटबिरुवा लगाउन सुरु गरिएको वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो।
सर्प दंश उपचार बारे जनचेतना
वर्षासँगै सर्पको बिगबिगी बढ्न थालेपछि सामुदायिक सर्प दंश उपचार केन्द्र इटहरीले प्रभावित क्षेत्रहरूमा जनचेतनाका कार्यक्रम सुरु गरेको छ ।
कांग्रेस सभापति देउवा सुनसरी आउनुहुने
नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा साउन ६ गते सुनसरी आउनुहुने भएको छ । सभापति देउवाको प्रमुख आतिथ्यतामा कांग्रेस सुनसरी जिल्ला सम्मेलन हुन लागेको हो ।
तरकारी थोकबजारका लागि बनेको संरचना उपयोगविहीन
सुनसरी र मोरङका किसानहरूले उत्पादन गरेको तरकारीको थोक बिक्री गर्ने उद्देश्यले चार वर्षअघि निर्माण गरिएको आधुनिक बिक्रीस्थल उद्देश्यअनुसार सञ्चालन नहुँदा साप्ताहिक हाट (हटिया) लाग्ने स्थलमा परिणत भएको छ ।
प्रहरी चेकजाँचमा एकको मृत्यु
झापा कनकाई नगरपालिका -७ दुर्गापुरमा ट्राफिक प्रहरी चेकजाँचका क्रममा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको अवस्थामा चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारी साधनसँग जुध्दा झापा गौरादह नगरपालिकाका ३० वर्षीय कुमार दर्जीको मृत्यु भएको हो ।
दमक अस्पतालमा पङ्खाकाे व्यवस्था नहुँदा बिरामीको बिजोग
दैनिक रूपमा १ हजारभन्दा बढी बिरामीहरू जाँचका लागि आउने सरकारी दमक अस्पतालमा आवश्यकता अनुसार पङ्खा समेत जडान हुन नसक्दा बिरामीहरूले हैरानी बेहोर्नु परेको छ । दमक नगरपालिका मातहत रहेको अस्पतालको नयाँ भवनबाट सेवा सुरु गरेको छ महिना बित्दा पनि जाँचका लागि आउने बिरामीहरूका लागि आवश्यकता अनुसार फेनको समेत व्यवस्था नभएपछि हैरानी बेहोर्नु परेको हो ।
सुत्केरी महिलालाई घिउ, अण्डा वितरण
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभरिका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ । सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वास्थ्यकर बनाउनमा सहयोग पुर्याउने उद्देश्यसहित गाउँपालिकाले पालिकाभरका सुत्केरी महिलालाई घरघर पुगेर पोषणयुक्त खानेकुरा वितरण गरेको हो ।