• १५ मंसिर २०८१, शनिबार

कोशी प्रदेश सभाको चौथो अधिवेशन आह्वान

blog

शशिधर पराजुली
विराटनगर, असोज १३ गते ।
 कोशी प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरिएको छ । कोशी प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी असोज १७ गतेबाट चौथो अधिवेशन सुरु हुने जानकारी दिएको हो ।

नेपालको संविधानको धारा १८३ को उपचार (१) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले असोज १७ गते बुधबार दिउँसो १ बजेका लागि चौथो अधिवेशन आह्वान गर्नुभएको सूचनामा उल्लेख छ ।

गत मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचन पछाडि प्रदेश सभाको तीनवटा अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेशसभाको दुई वटा अधिवेशन राजनीतिक विवाद र असमझदारीका कारण विश्वासको मत लिने प्रयोजनका लागि मात्र उपयोग गरिएको थियो । चौथो अधिवेशनको पहिलो काम पनि मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनकै लागि आह्वान गरिएको हो ।

ठुलो दलको हैसियतले संविधानको धारा १६८ (३) बमोजिम गठन भएको नेकपा (एमाले) नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गतेभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने छ । त्यसअघि सरकारले जारी गरेको आर्थिक अध्यादेशहरू सदनमा पेस गरी पारित गराउने प्रयत्न गर्ने छ ।