• २१ वैशाख २०८१, शुक्रबार

‘रोड रेस’को उपाधि गोकुल र निवालाई

blog

कबिराज घिमिरे 

हिले, असोज १२ गते । गोकुल याम्फु राई र निवा लिम्बूले धनकुटामा भएको तेस्रो रोड रेसको उपाधि जित्नुभएको छ ।  ८ किलोमिटर रोड रेस पुरुषतर्फ गाेकुलले निर्धारित दूरी २८ मिनेट २ सेकेन्डमा पूरा गर्नुभयो ।

यस्तै, दोस्रो हुनुभएका सरोज सिंहले २८ मिनेट २८ सेकेन्ड र तेस्रो मेघराज राईले २८ मिनेट ४३ सेकेन्डमा दूरी पार गर्नुभयो । सोहीअनुसार  महिलातर्फ प्रथम निवा लिम्बूले निर्धारित दूरी ३८ मिनेट २८ सेकेन्डमा पार गर्नुभयो । 

यस्तै, दोस्रो सुसा लिम्बूले ४० मिनेट ५ सेकेन्ड र तेस्रो प्रियङ्का छिछाङले ४५ मिनेट १४ सेकेन्डमा दूरी पार गर्नुभयो । विश्व मुटु दिवसको अवसरमा पूर्व प्रहरी संस्था धनकुटाको आयोजनामा भएको रोड रेस प्रतियोगिता ३७ जना पुरुष र १५ महिलाको सहभागिता थियो । 

‘मध्यपान धूमपान त्यागौ, स्वस्थ रहौँ, मुटु बचाऔँ’ मूल नारासहित आयोजना गरिएको प्रतियोगिता धनकुटाको औद्योगिक क्षेत्रको सडक घुम्तीबाट सुरु भ, जिरोप्वाइन्ट, रमाइलो घुम्ती, परिचय मोड हुँदै धनकुटाबजार परिक्रमा गरेर मदनचोकमा समापन भएको थियो ।

पुरुष र महिलातर्फ प्रतियोगितामा प्रथम हुनेले जनही ७ हजार रुपियाँ, दोस्रो हुनेले ५ हजार रुपियाँ, तेस्रो हुनेले ३ हजार रुपियाँ पुरस्कार पाएको आयोजक समितिका अध्यक्ष योगेन्द्र कार्कीले जानकारी दिनुभयो । 

पूर्व प्रहरीले धनकुटामा २०७८ सालदेखि विश्व मुटु दिवसको अबसरमा यो प्रतियोगिता आयोजना गर्दैआएको छ । विजेतालाई धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, प्रमुख सेनानी सुमन थापा, प्रहरी नायब उपरीक्षक राजबाबु महर्जन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईलगायतलाई पुरस्कृत गर्नुभयो ।