पैदल मेचीकाली यात्रा
सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्दै एक युवक सुदूरपूर्वी जिल्ला झापा आइपुग्नुभएको छ । देशभर पैदल यात्रामा निस्कनुभएका कैलाली गौरीगङ्गा नगरपालिका–४, खुरखुरियाका देवराज उपाध्याय पैदल यात्रा गरेर बुधबार झापा आइपुग्नुभएको हो । पैदल हिँडेरै नेपाल घुम्ने लक्ष्यका साथ यात्रा सुरु गर्नुभएको १२६ दिनमा ३८ वर्षीय उपाध्याय झापा आइपुग्नुभयो ।
गुटबन्दीभन्दा माथि उठ्न आग्रह
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस खारिएको पार्टी भएकाले आफूभित्र भएको कमीकमजोरी आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनमा बुधबार बोल्दै उहाँले पार्टीमा समन्वय, सम्पर्क र सञ्चारलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उहाँले पार्टीलाई कार्यकर्ताले जोगाएको हुँदा कार्यकर्ताभन्दा नेता कहिल्यै ठुलो हुन नसक्ने बताउनुभयो । गुटबन्दीभन्दा माथि उठेर पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
छ वर्षमा ४५ किलोमिटर कालोपत्रे
डक सञ्जाललाई बलियो बनाउने योजना ल्याएको हरिनगर गाउँपालिकाले गएको वर्षमा ४५ किलोमिटर सडक कालोपत्रे गरेको छ। सीमावर्ती भारतीय बजार र सदरमुकाम इनरुवासँग तथा छिमेकी गाउँपालिकासँग सडक सञ्जाल जोड्ने योजनास्वरूप ४५ किलोमिटर सडक कालोपत्रे गरिएको हो।
अनुमतिबेगर झिकिएको चार कराेड फिर्ता
झापाका ठुला सहकारी संस्थामध्येमा पर्ने नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सदस्यको खाताबाट कल्याणकारी कोषका लागि भन्दै सदस्यको अनुमतिबेगर झिकेको चार करोडभन्दा बढी रकम सदस्यकै खातामा फिर्ता गरिदिएको छ । करिब ६० हजार सदस्यको खाताको रकम सात सयका दरले सहकारीले झिकेर सहकारीको कोषमा दाखिला गरेको थियो ।
लागुऔषधसहित दुई पक्राउ
इलामको कन्यामबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –५ का २१ वर्षीय प्रशिस खड्का र सूर्योदय –६ का २४ वर्षीय समिर तामाङ रहेका छन् ।
चार हजार नागरिकता वितरण, एघार जनालाई अङ्गीकृत
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले एक वर्षको अवधिमा चार हजार जनालाई नागरिकता वितरण गरेको छ । प्रशासन कार्यालयले आर्थिक वर्ष २०७९/८० मा ११ जनालाई अंगीकृतसहित तीन हजार आठ सय ७६ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेको हो ।
वराहक्षेत्र नगरमा डेङ्गु परीक्षण निःशुल्क
सुनसरीको वराहक्षेत्र नगरपालिकामा डेङ्गु रोगका बिरामी देखापर्न थालेपछि नगर अस्पतालले डेङ्गु परीक्षण निःशुल्क गर्ने भएको छ ।
दुई हजार नौ सयभन्दा बढीमा डेङ्गु : सुरक्षाका उपाय अप्नाउन सुझाव
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार ६८ जिल्लाबाट दुई हजार ९३० जनामा डेङ्गु पुष्टि भएको छ ।
फिदिममा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते
पाँचथरको फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् ।
फक्ताङ्लुङले खरिद गर्यो दुई वटा एम्बुलेन्स
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले एकैपटक दुईवटा एम्बुलेन्स खरिद गरेको छ । जिल्लाको दुर्गम तथा विकट क्षेत्र रहेको फक्ताङ्लुङ गाउँपालिकाले सेवाग्राहीको सुविधालाई दृष्टिगत गरी दुईवटा एम्बुलेन्स खरिद गरेको हो ।
हतुवागढीमा पदमार्ग निर्माण गरिँदै
भोजपुरको हतुवागढी गाउँपालिकाका जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ। प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो ।
सम्बन्धविच्छेदका घटना बढी
पारिवारिक झगडा र वैदेशिक रोजगारका क्रममा श्रीमान् श्रीमती अलगअलग बस्नुपर्ने बाध्यताका कारण उदयपुरमा हरेक वर्ष सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ। गत आर्थिक वर्षमा उदयपुर जिल्ला अदालतबाट भएका न्याय सम्पादनका विषयमा आयोजित पत्रकारसँगको भेटघाटमा ४५५ वटा सम्बन्धविच्छेदको मुद्दा रहेको अदालतले जनाएको छ।
स्थानीय बजार प्रवर्द्धन गर्न सीमा क्षेत्रमा कडाइ
स्थानीय बजार प्रवर्द्धन गर्न भन्सार कार्यालयले विराटनगरको रानीस्थित सीमा क्षेत्रमा कडाइ गरेको छ ।
मेडिकल कलेज हाजिरी जवाफमा बीपी प्रतिष्ठान विजयी
राष्ट्रियस्तरको दुई दिने अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बीपी प्रतिष्ठानको टिम विजयी भएको छ। त्यसैगरी नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस काठमाडौं दोस्रो र नोबेल मेडिकल कलेज विराटनगरले तेस्रो स्थान हासिल गरेको छ।
पहिरो प्रभावित परिवारका लागि बन्ने अस्थायी टहराको ‘डिजाइन’ तयार
मैवाखोला गाउँपालिकाले पहिरो प्रभावित परिवारलाई राख्नका लागि निर्माण गर्न लागिएको अस्थायी टहराको ‘ड्रइङ डिजाइन’ तयार पारेको छ। पहिरोको जोखिममा रहेको ओदक बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि निर्माण गर्न लागिएको अस्थायी टहरा (आवास घर) ड्रइङ डिजाइन तयार पारिएको हो।
बीपी प्रतिष्ठानमा छुट्टै डेङ्गु क्लिनिक सेवा
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेङ्गु क्लिनिक सञ्चालनमा ल्याएको छ । डेङ्गु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणलाई सहजरुपमा उपचार दिने उद्देश्यले प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा गत शुक्रबारबाट प्रतिष्ठानको जी.ओ.पी.डी.भवन अगाडी छुट्टै डेङ्गु क्लिनिक सञ्चालन गरेको बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिनुभएको छ ।
खाद्य कम्पनीको चामल विक्रीमा वृद्धि
राजमार्ग अवरुद्ध भएका कारण ताप्लेजुङमा खाद्यान्न चामल आपूर्ति नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल विक्री वृद्धि भएको हो ।
कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा
भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो ।
ट्रकले किच्दा शिशुको मृत्यु
इलामको सूर्योदय नगरपालिका –४ मा रोकिराखेको पिकप ट्रकले किचेर २० महिने शिशुको ज्यान गएको छ । सूर्योदय– ४ श्रीअन्तु, बाघ पाइलेका धिरज रिजालका छोरा रियन रिजालको ज्यान गएको हो ।
बसाइँ सर्नेमा ब्राह्मण अधिक
करिब दुई दशकअघिसम्म धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुलेस्थित बन्दुके डाँडामा ५० भन्दा बढि परिवारको बसोबास थियो। त्यहाँ क्षेत्री, ब्राह्मण, लिम्बू, तामाङलगायतका जातजातिको बसोबास रहेको थियो। अहिले बसाइँसराइले ५० परिवार घटेर २८ मा सीमित भएका छन्। अझ रोचक कुरो त बसाइँसरेर जाने सबै क्षेत्री र ब्राह्मण जाति छन्। अहिले यहाँ ब्राह्मण र क्षेत्रीको बसोबास नै छैन।
युवतीहरूबीच मुक्का हानाहान : एक पक्राउ, चार फरार
सुनसरीको राजावसस्थित सप्तकोसी नदीको स्पर (नोज) माथि स्थानीय युवतीहरुबिच भएको सामूहिक कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी चारजना फरार छन् । उनीहरूबिच एकको कुरा अर्काले खोलिएको विषयमा मुक्का हानाहान भएको थियो ।
सेनाद्वारा वृद्धाश्रमलाई १६ दराज सहयोग
इलामको माइखोला टापुस्थित माई भगवती वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई नेपाली सेनाले काठको दराज उपलब्ध गराएको छ ।
कोशी प्रदेशमा ५६ प्रतिशत धान रोपाइँ
असार महिना सकिँदा कोशी प्रदेशमा करिब ५६ (५५.९०) प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
हेवाखोलामा निर्मित बेलिब्रिज उद्घाटन
मेची राजमार्ग अन्तर्गत फिदिम –४ र हिलिहाङ –७ को सङ्गममा पर्ने हेवाखोला दोभानमा निर्मित बेलिब्रिज उद्घाटन भएको छ ।