• ९ जेठ २०८१, बुधबार

सुनकोशी गाउँपालिका अध्यक्ष ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड’ बाट सम्मानित

blog

‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ बाट सम्मानित हुनुभएको ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, असोज ११ गते ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ बाट सम्मानित हुनुभएको छ ।

भारतको ‘एनआरआई वेल्फेयर अफ इन्डिया’ गरेको सर्वेक्षणका आधारमा अध्यक्ष तामाङ नेपालबाट उक्त अवार्डका लागि छनोट हुनुभएको थियो । सेप्टेम्बर २७ का दिन लण्डनमा भएको ‘ग्लोबल पिस समिट’मार्फत अध्यक्ष तामाङ उक्त अवार्डमार्फत सम्मानित हुनुभएको हो ।

कोरोना महामारीको समयमा तामाङले समुदायमा पुर्‍याएको योगदानको मुल्याङ्कन गर्दै उक्त अवार्डबाट सम्मानित गरिएको छ । स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सुनकोशी गाउँपालिको अध्यक्षमा निर्वाचित तामाङले कानुन अनुसार आफूले पाउने सम्पूर्ण तलब भत्ता सामुदायिक विद्यालयको विकासका लागि वितरण गर्ने घोषणा गर्नुभएको छ ।