• १५ मंसिर २०८१, शनिबार

सभापति खनालको निधन

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असोज १४ गते । जिल्ला समन्वय समिति ओखलढुङ्गाका सभापति डिल्लीराम खनालको निधन भएको छ । शनिवार राति १० बजे शिक्षण अस्पताल महाराजगन्ज काठमाडाैँमा उपचारको क्रममा ७३ वर्षको उमेरमा खनालको निधन भएको हो ।

खनाल लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । सभापति खनाल केही महिनाअघि अवस्था हुनुभएपछि उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको नेपाली काँग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले बताउनुभयो । यस अघि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उहाँको उपचार प्रयास गरिएको खनालले जानकारी दिनुभयो । 

खनाल नेपाली काँग्रेसको तर्फबाट जिल्ला समन्वय सभापति बन्नुभएको हो । खनाल नेपाली काँग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाको पूर्व कोषाध्यक्ष, उपाध्यक्ष साथै महासमिति सदस्य भइसक्नुभएको थियो । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ । 

आजै पशुपति आर्यघाटमा खनालको अन्त्येष्टि गरिने पारिवारिक स्राेतले जनाएको छ । २००७ साल असोज २० गते ओखलढुङ्गाको नारायण स्थानमा जन्मनुभएका खनालको २०८० साल असोज १३ गते काठमाडौँमा निधन भएको छ ।