पशुपतिनगर नाका तीन दिन शील
आज साँझ ५ बजेदेखि इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको छ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल इलेक्सनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका शील भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
गाउँपालिकाका १३ परिवारलाई पक्कीघर हस्तान्तरण
झापाको हल्दिबारी गाउँपालिकाका अति विपन्न १३ घरपरिवारलाई एकृकीत बस्ती बनाएर पक्कीघर निर्माणगरी हस्तान्तरण गरिएको छ । अति विपन्न, पिछडिएको जाति, दलित, अल्पसंख्यक, अपाङ्ग, एकल महिला र बृद्ध असक्तहरुको घर पालिकाले निर्माण गरेर हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले बताउनुभयो ।
पाथीभरा पदमार्गमा फाइबरको छहारी
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ट्रस (फलामे डण्डी) जडानगरी फाइबरको छहारी लगाइएको छ । पाथीभरा पदमार्गअन्तर्गत करिव एक किलोमिटर बाटोमा फाइबरको छहारी लगाउने कार्य पूरा भएको हो ।
तमोर नदीमा दुई बेपत्ता
तमोर नदीमा खसेर दुई जना बेपत्ता हुनुभएको छ । तमोर करिडोर सडक निर्माणका क्रममा बुधबार साँझ करिब ५ बजे धनकुटाको चौबिसे गाउँपालिका –५ मुर्कुटेस्थित तमोर नदीमा खस्दा उहाँहरु बेपत्ता हुनुभएको हो ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ।
कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेस
कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश प्रमुख समक्ष दाबी गर्नुभएको छ ।
चिया उद्यमीले पाए नेपाली ट्रेडमार्क
यो वर्ष ६ चिया उद्यमीले चियामा नेपाली ट्रेडमार्क पाएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार धनकुटाको हिलेमा आयोजित कार्यक्रममा इलाम, पाँचथर र भोजपुरका ६ चिया उद्यमीलाई ‘नेपाल टी क्वालिटी फाम् द हिमालयाज्’ ट्रेडमार्क प्रदान गरेको हो ।
कार्यविधि बनाएरै बाढीपहिरो प्रभावितलाई राहत वितरण
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कार्यविधि बनाएरै बाढीपहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ। मानवीय क्षतिसँगै घर तथा पशु चौपाया गुमाएका परिवारलाई विपद् प्रभावित सहयोग कार्यविधि बनाएर गाउँपालिकाले राहत उपलब्ध गराउन थालेको हो।
प्रदेश प्रमुखलाई नेकपा एमालेले बुझायो ध्यानाकर्षण पत्र
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश सभामुखलाई गणना गरी बहुमत पुगाएको भन्दै मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई आग्रह गरेको हो ।
मुख्यमन्त्रीको दाबी अस्वीकार गर्न प्रदेश प्रमुखलाई आग्रह
नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले सभामुख समेतको सङ्ख्या देखाएर पेस हुने दाबीलाई मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह गर्नुभएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्री दाबी पेश गर्ने तयारीमा गठबन्धन दल
कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिनुभएको समय आज साँझ ५ बजे सकिँदैछ । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्ति गर्न केन्द्रीय गठबन्धनमा रहेका दलले अपरान्ह मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी थालेका हुन् ।
तीन जलविद्युत् आयोजनामा अर्बौँको क्षति
असारको पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोले दुई ठुला जलविद्युत् आयोजनामा क्षति पु-याउँदा करिब दुई अर्ब रुपियाँ बराबरको नोक्सानी भएको छ । प्रवर्धक कम्पनीका अनुसार आयोजनाको बाँधदेखि पाइपलाइन र प्रसारण लाइन हुँदै विद्युत्गृहसम्ममा बाढीपहिरोले क्षति गर्दा अर्बौं रुपियाँ बराबरको नोक्सानी हुन पुगेको हो ।
ताप्लेजुङका पाँच सय परिवार शौचालयविहीन
अहिले पनि ताप्लेजुङका करिब पाँच सय परिवार शौचालयविहीन छन् । तथ्याङ्क कार्यालय पाँचथरले सार्वजनिक गरेको प्रतिवेदनअनुसार खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको जिल्लामा उक्त सङ्ख्यामा अझै शौचालय विहीन परिवार रहेका हुन् ।
कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६५ लाख ५० हजार विनियोजन गरेको छ ।
लगातारको वर्षाले जोखिममा विद्यालय
निरन्तर वर्षाका कारण सुनसरीको इनरुवा -४ स्थित रेडक्रस आधारभूत विद्यालय क्षेत्रमा सुनसरी खोलाले गरेको कटान ।
अल्लो प्रवर्द्धन गर्न तालिम सञ्चालन
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले अल्लो प्रवर्द्धन गर्न तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले स्थानीय स्तरमै प्रशस्त रूपमा पाइने अल्लोको प्रवर्द्धन गर्न धागो बनाउने तालिम सञ्चालन गरिरहेको हो ।
खोलामा डुबेको टिपर
तमोर कोरिडोर सडक अन्तर्गत पाँचथर र धनकुटाको सीमा हुँदै बग्ने नावाखोलामा बाढी आएसँगै खोलाको बीचमै डुबेको टिपर निकाल्ने प्रयास गरिँदै ।
अध्यक्षको सेवा सुविधाको रकम जनहितमा खर्च
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले आफ्नो सेवा सुविधाको रकम गाउँपालिकावासीको हितमा खर्च गर्नुहुने भएको छ।
करेन्ट लागेर एकको मृत्यु
झापाको दमकमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
बाढीले डाइभर्सन बगाएपछि मोरङमा सडक अवरुद्ध
। मोरङको कानेपोखरी–रङ्गेली सडक अवरुद्ध भएको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षापछि गेउरिया खोलामा आएको बाढीले खोलाको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।
जोखिमका साथ खोला तार्दै गाडी
तमोर कोरिडोर सडकअन्तर्गत पाँचथर र धनकुटाको सीमा हुँदै बग्ने नावा खोलामा बाढी आएपछि जोखिम मोलेर यातायात सञ्चालन हुँदै आएको छ ।
चट्याङ लागेर एक बालकको मृत्यु, दुई घाइते
झापाको गौरिगन्ज गाँउपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
चिसाङ खोलामा तटबन्ध निर्माण गर्न मन्त्री र सर्वसाधारणको सहभागिता
मोरङको लेटाङ नगरपालिकालाई सबैभन्दा बढी दुःख दिने चिसाङ खोलामा श्रमदानबाट तटबन्ध निर्माण गर्न सुरु गरिएको छ ।
वडा कार्यालय भवन प्रयोगविहीन
झापाको कनकाई नगरपालिका–६ का लागि बनाइएको भवन प्रयोग नहुँदा अलपत्र बनेको छ। गत वर्ष निर्माण सम्पन्न भएको उक्त भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गएको छ। स्थानीय रामचन्द्र पौडेलले उपलब्ध गराएको दुई कट्ठा जग्गामा बनेको सो भवनको संरचना उपयुक्त नहुँदा हालसम्म प्रयोगमा आउन सकेको छैन। कार्यालय प्रयोगमा नआउँदा संरचना कमजोर बन्दै गएको छ भने शौचालयमा राखिएको पानी ट्याङ्की हावाले उडाएको छ। आफ्नै भवनमा कार्यालय राख्न नपाएपछि वडा कार्यालय भने स्वास्थ्यको भवनमा राखिएको छ।