• २२ वैशाख २०८१, शनिबार

एकतर्फी पार्किङ प्रभावकारी

blog

दमक समाचारदाता

दमक, भदौ १९ गते । दमकको मुख्य चोक तथा बजार क्षेत्रमा सडकको एकतर्फी पार्किङ प्रभावकारी बनेको छ । सहरीकरणका कारण पार्किङ समस्या भएपछि नगरपालिकाले महिनाको आधा समय एकतर्फी र अर्को आधा समय अर्कोतर्फ पार्किङ गर्ने निर्णय गरेर भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको छ ।

दुवैतर्फ अव्यस्थित पार्किङ हुँदा दुर्घटना बढेको र सवारीसाधन आवतजावतमा समस्या भएपछि एकतर्फी मात्र पार्किङ गर्दा यसले सडकमा आवागमनमा समस्या देखिन छाडेको दमक नगर यातायात व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो । उहाँका अनुसार एकातिर मात्र पार्किङ गर्दा अर्कातिरको व्यापार व्यवसाय गर्नेलाई असर धेरै हुने भएकाले पनि आलोपालो नियम लगाउँदा व्यापारीबाट पनि विरोध नआएको हो । पार्किङका लागि सार्वजनिक स्थल तथा खाली ठाउँ नभएका कारण नगरपालिकाले चालेको कदम सकारात्मक रहेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले जनाउनुभयो । पार्किङ समस्या समाधानको उपाय केही नै नभेटिएपछि यो उपाय नै उत्तम देखेका हौँ, उहाँले भन्नुभयो ।

तोकिएको ठाउँमा पार्किङ नगरेमा र नियम पालना नगरेमा नगरपालिकाले जरिबाना गराउँदै आएको छ । सकेसम्म सम्झाइबुझाइ गर्ने र नियमबारे जानकारी गराउने गरिएको दमक नगरपालिकाका नगर प्रहरी प्रमुख रुद्र कार्कीले बताउनुभयो । अटेर गर्नेलाई जरिबाना पनि गराउने गरेका छाँै, उहाँले भन्नु्भयो ।