• २२ वैशाख २०८१, शनिबार

सहकारीमा चोरी गर्ने तीन जना पक्राउ

blog

पक्राउ परेका ३ जना युवा । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय मोरङ

हरि कोइराला
उर्लाबारी, भदौ १२ गते ।
मोरङको धनपालथान गाउँपालिका–२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय  सहकारी संस्थामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका–१ नोचाका २१ वर्षीय पारस मण्डल, सोही पालिकाको वडा नं. ७ कदमाहाका २४ वर्षीय रोसन मण्डल र २० वर्षीय विशालकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले बाउनुभयो ।

उनीहरूले साउन ३२ गते राति युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी ५० हजार रुपियाँ नगद र २ थान ल्यापटप चोरी गरेका थिए । पक्राउ परेकाहरूलाई आइतबार म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको डिएसपी दाहालको भनाइ छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय रङ्गेली र अमाहीबरियाती प्रहरी चौकीले शनिबार पक्राउ गरेको हाे ।