• २२ वैशाख २०८१, शनिबार

माछा मार्नेक्रममा डुबेर एकको मृत्यु

blog

लीलाराज खड्का

बिर्तामोड, भदौ १२ गते । बिर्तामोडमा माछा मार्नेक्रममा पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पैनीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । 

प्रहरीका अनुसार मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्न जानुभएको थियो । माछा मार्ने क्रममा पैनीमा डुबेर घाइते भएका उहाँलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो । 

हस्दाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारेमा इलाका प्रहरी कार्यालय अनारमनिले थप अनुसन्धान गरिरहेको जनाएको छ ।