सरकारी फार्मेसीमा मनपरी शुल्क
स्वास्थ्य बिमा अन्तर्गतको औषधी खरिद गर्दा बिरामीहरू ठगिने गरेको पाइएको छ । बिरामीलाई बिमाबाट औषधी उपलब्ध गराउँदा बजार मूल्यभन्दा चार गुणा बढीसम्म रकम लिइएको हो ।
आइड्रपको अभाव
देशभर फैलिएको आँखा पाक्ने सङ्क्रमणले गर्दा बजारमा औषधीको अभाव भएको छ । पछिल्लो समय देशभर आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै बजारमा आँखामा राख्ने औषधी आइड्रपको अभाव भएको हो । भक्तपुर लोकन्थलीका कृष्ण सिन्जाली मगरले भक्तपुरदेखि कोटेश्वरसम्मका सबै औषधी पसलमा पुग्दा पनि आइड्रप नपाएपछि तिलगङ्गा आँखा अस्पतालमा पुग्नुभयो । “तिलगङ्गामा टोकन लिएर डेढ घण्टा लाइनमा बसेपछि बल्ल त्यो औषधी पाएँ,” उहाँले सुनाउनुभयो ।
डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो
डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २० हजार १४५ जनामा पुष्टि भएको छ।
बेड अपुग भएपछि भुईँमै राखेर उपचार
पछिल्लो समय इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि ‘बेड’ अभाव हुँदा भुईँमै राखेर उपचार गर्न थालिएको छ । अस्पतालको इमरजेन्सीमा आएका बिरामीलाई बेड अभाव हुँदा भुईँमै राखेर उपचार गरिरहेको जनाएको छ ।
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दो
कपिलवस्तुमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र तौलिहवाका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ७९ हजार ३३६ जनाले सेवा लिएका छन् ।
आँखा पाक्ने रोग नियन्त्रण गर्न देशभरका अस्पतालमा अभियान सञ्चालन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा पाक्ने रोगको नियन्त्रण गर्न देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।
बिरामीको मृत्यु भएपछि परिवारका सदस्यलाई क्षतिपूर्ति
धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले बिरामीको उपचारको क्रममा मृत्यु भएपछि मृतक परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराएको छ ।
सडक दुर्घटनामा डाक्टरको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा मङ्गलबार बिहान भएको सवारी दुर्घटनाबाट डाक्टरको मृत्यु भएको छ ।
पेटको क्यान्सर गराउने एच. पाइलोरी
विश्वमा आमाशयको क्यान्सर पाँचौँ मुख्य क्यान्सरमा पर्दछ। त्यसै गरी क्यान्सरका कारण मृत्यु हुनेमा यो क्यान्सरको स्थान तेस्रो छ। आमाशयको क्यान्सरको मुख्य कारक हेलिकोब्याक्टर पाइलोरी (एच. पाइलोरी) नामको ब्याक्टेरियालाई मानिन्छ। आमाशयको सतही कोषलाई क्यान्सरपूर्व वा क्यान्सरको अवस्थामा पु-याउने कार्य हेलिकोब्याक्टर पाइलोरीले गर्दछ। सामान्यतयाः मानव शरीर वा अन्य कुनै जीवजन्तुको शरीर अर्थात् अङ्गमा चोट लागेपछि निको हुने क्रममा ठ्याक्कै उस्तै प्रकारको कोषले परिपूर्ति हुनुपर्छ तर निरन्तर जसो वा पटक पटकको चोट त्यही ठाउँ विशेषमा हुन जाँदा शरीरको प्रतिरक्षात्मक हिसाबले पूर्ववर्ती कोषभन्दा फरक खाले कोषले परिपूर्ति हुन थाल्छ।